हामी सारा नेपालीलाई
लाग्नु खुशी लागेको छ
स्पन्दनभरि,
आशाको छाल छल्किएको छ
ओहो !
पुनः देशमा शान्ती छाएको छ
बुद्ध अब हामी माझ आएको छ
गाउँदेखि शहरसम्म
ओठहरूमा मुस्कान पलाएको छ ।
शान्तिको मुनालाई
अब हामी नचुडाउ
गोडमेल गरौ
मलजल गरौ
यसैमा हामी फुल्ने र फल्ने छौ ।
ज्ञान नै सबै भन्दा
हाम्रो बलवान मालिक हो
जित्न सक्ने छैनाउँ
यसलाई कुनै पनि अस्त्रले
न जित्ने छौं
न त हार्ने नै छौं
युद्धले यस युगमा
छरौं सद्वीज सहिष्णुता को
जहाँ उन्नति को
नव बिहानीे सृष्टि र सृजना हुनेछ ।
अज्ञानताले कुदाउँछ मनुष्यलाई
त्यागौं बारुद र बन्दुक खेलाउन
समाउँ कलम
भेट्टाउँ ज्ञानको भेदलाई
युद्धले बनिन्न समृद्ध देश कहिल्यै
खोजौं शान्ति हामीभित्रै ज्ञान र प्रेमले
अहंकारको पत्थर पग्लने छ
हिमालदेखि तराईसम्म शान्ति फैलने छ ।
नेपाली हुँ भनि नयाँ परिचय निर्माण गर्न
राष्ट्र सेवक हौं भन्नेले गरौं सेवा
यहि महान कर्म सम्झि पवित्र मनले
परिवर्तनका संवाहक हौं भन्नेहरू हौं
नाघ्न नखोजौं मानव सभ्यताको परिधिलाई
बनिन्न अनि रचिन्न गौरवगाथा इतिहासमा वैरभाव ले
रोकौं हामीभित्रका लोभ र क्रोधलाई
हल्लने र भत्कने छैन्
कहिल्यै शान्तिको स्तम्भ यो ।
– आकाश ( कोलोराडो, अमेरिका)
(स्रोत : Dcnepal.com)