~सुदर्शन गौतम~
म वारी तिमी सधै पारी
मेरो फिर्ती तिम्रो चैं सवारी
म एक्लो तिम्रो पछि धेरेै छ्न
म नितान्त व्यक्तिगत, तिमी सरकारी
तिम्रो जीवनको स्वाद बेग्लेै छ
तिमी स्वादिष्ट ब्यन्जन , म अलिनो तरकारी
सबेैजना तिमी सगैेँ ओत लाग्न खोज्छन
म उजाड रुख हुँ , तिमी शितल छहारी
चम्किलो हिरा झैं र तिमी मुल्यवान छ्यौ
म मुल्यहिन खोटो तिमी बजारी
म रुखो छु तिमी नम्र सुशिल छ्यौ
म कठोर ढुंगा हुँ तिमी सुकुमारी
सुन्दरताको जहिँतहीँ पुजा गरिन्छ
तिमी सुन्दर छ्यौ म सुन्दरताको पुजारी
ऋतु चक्र मा शिशिर बशन्त दुवै आउंछन्
म तुषारे शिशिर , तिमी बशन्त बहारी
गाउं शहर जहिंँतहीँं तिमै चर्चा चल्छ
म अस्तित्व को खोजिमा तिमी अखबारी
किन हो सबैले तिमीलाई नै खोज्छन
म काम नलाग्ने निकम्मा तिमी ब्यबहारी
तिमी ब्यस्त म जहिले पनि खालि छु
म सदा फुर्सदिलो मान्छे तिमी रोजगारी
म जबाफहिन छु तिमी उत्तरदायी छ्यौ
म गैरजिम्बेवार तिमी बफादारी
– सुदर्शन गौतम
सेप्टेम्बर २७, २००७
रामेछाप, नेपाल
हाल अमेरीका
(स्रोत : Dcnepal.com)