जूनको शीतलतामा भुल्दा जिन्दगी बिचल्ली बन्छ
फूलको मोहमा रम्दा यहाँ जिन्दगी आशुमा डुब्छ ।
जिन्दगीका सारा कथा सुम्पी दिएँ एक जुनलाई
हजूर, भुल्नै सकिएन केही क्षण रामछायाँ बनिदिनेलाई
कठै ! कस्तो आशा पालिएछ जलाइ आफूलाई
भुलि दे सुन्दर फूलको स्पर्श पनि धार बन्न सक्छ
जूनको शीतलतामा भुल्दा जिन्दगी बिचल्ली बन्छ ।
जिन्दगीका सबै उपमारा दिएँ त्यो फूललाई
फजुल, भई सकि अर्कै किनार किन खोज्छस् उनैलाई
बरै ! भन्ने छैन् तँलाई मानव होस अगाल नयाँ जीवनलाई
फ्याकि दे पवित्र अमृतको स्वाद पनि विष हुन सक्छ
जूनको शीतलतामा भुल्दा जिन्दगी बिचल्ली बन्छ ।
– आकाश ( कोलोराडो, अमेरिका)
March 18th 2007
(स्रोत : Dcnepal.com)