किन कुन्नी आज
मन्द अनि शीतल ।
कहीँ गुलावी, कहीँ केसरी
कहीँ वावरी, कहीँ चुवारीको
सुगन्ध छर्छु भन्ने समीर
यात्राहरुमा सुस्ताए
आकाश कुहिरोले छोपिए
प्रभात किरण को प्रतिक्षामा मौन छ ।
हिउँदका तुषारोमा
छेपाराहरु विचल्लीत छन्
गौंथलीका गीतहरु बिरत्तिएका छन्
तर कागह रु कुन खुशीमा रमाइरहेछन्
कागहरु त यस्तै हुन
दुःख अनि पीडामा
घिन लाग्दो रुप लिएर हाँस्छ
लाज मर्दो अङ्ग देखाएर बाँच्छ ।
कतै समीर
वैंशले मात्तिएर
मैथुनमा त भूलेनन्
राक्षसहरु त उदेखि डराइ सकेका छन्
कृष्णजी झैंं गोपिणीहरु सँग
यौनक्रीडामा त रमेनन् ।
मान्छे, पाखा, पखेरो र बस्तीहरु
समीरको अनुहार हेर्न आत्तुर छन्
ऊ नदेखिने दैवी शक्ति हो
युद्धलाई तिरस्कार गर्ने वुद्ध हो
यौन स्वप्नमा निधाउने कुम्भकर्ण हो ।
ऊ स्वाद, आनन्द र यौन रमाउँछ
दर्द, पीडा र भोक देखि डराउँछ ।
तर, मान्छेहरु उसले क्रान्ति
ल्याउनेछ भनि नपुङ्गसकता स्वीकारछन् ।
– आकाश ( कोलोराडो, अमेरिका)
February 19th 2007
(स्रोत : Dcnepal.com)