~सुदर्शन गौतम~
२१औँ शताब्दी,
युग परिबर्तन को शताब्दी
मेरो देशमा श्रृङखलाबद्ध परिबर्तन
आर्थिक परिबर्तन – लुट
राजनैतिक परिबर्तन – फुट
न्यायिक परिबर्तन – छुुट
जनसाँखिक परिबर्तन – शुट
देशमा अनेक परिबर्तनका संकेत
म टुलुटुलु हेर्छु
मेरो देशको नयाँ स्वरुप
युग परिबर्तन सँगै
मेरो देश परिबर्तन भयो
देश सगैँ म परिबर्तन भएँ
ममा यस्तो परिबर्तन आयो
म खुट्टा भएर हिड्न नसक्ने भएँ
म मुख भएर बोल्न नसक्ने भएँ
मेरो हात छ तर चल्दैन
शायद प्यारालाइशिस भएको छ
यो युग परिबर्तनको उपहार
यो मैले पाएको उपहार
जो मेरो देश सापेक्ष छ
म गाउँले
आज शहरीया भएको छु
मलाई शहर न्यास्रो लाग्छ
म गाउँ फर्कन त चाहन्छु
तर अनुमति छैन
म मेरी बुढी आमाको एक्लो छोरो
म गाउँ फर्के मेरी आमा रुन्छिन्
शोकमा पर्छिन्
म आमालाई रुवाउन चाहन्नँ
म सुन्छु ,
मेरो गाउँ , मेरो बस्ती
हिजो जस्तो छैन रे
धेरै परिबर्तन भएको छ रे
गाउँ गाउँमा फयाक्ट््री खुलेका छन् रे
तर मलाई रोजगार हुन छैन
किनकी म मेरी बुढी आमाको एक्लो छोरो
यो २१ औं शताब्दी ,
युग परिबर्तनको शताब्दी
सबै खोजमा व्यस्त भएको शताब्दी
अमेरीका चन्द्रमाको खोजमा
जापान मंगलग्रहको खोजमा
म पनि आज कुनै खोजमा व्यस्त छु
पासपोर्टको खोजमा
किनकी मलाई गाउँ हैन
चन्द्धमा जानु छ
मंगल ग्रह जानु छ
उफ १ मेरो चन्द्रमा दुवई
मेरो मंगलग्रह कतार .
– सुदर्शन गौतम
सेप्टेम्बर २७, २००७
रामेछाप, नेपाल
हाल अमेरीका
(स्रोत : Dcnepal.com)