म ढुङ्गा भएको छु
सकेसम्म र भनेसम्म
सस्तोमा किनिएको छु
न रुन सकेको छु
न हाँस्न सकेको छु
मुर्दा हुँ या जीउँदो
चौबाटोमा याँकिएको छु ।
म पशु हुँ या मान्छे
बेचिनसम्म बेचिएको छु
म नशाले पनि हो ई न
अनि बिषले पनि हो ई न
ख्वै केले मात्न थालेको छु
जिन्दगीको कुन जघा र तरे
हि ड् ने बाटोमा छेकिएको छु ।
म अचानो भएको छु
पाएसम्म र चाहेसम्म
जहाँ सुकै काटिएको छु
न बाँच्न सकेको छु
न मर्न सकेको छु
मुर्दा हुँ या जीउँदो
भीडै भीडमा टेकिएको छु ।
– आकाश, कोलोराडो अमेरिका
August 4th 2007
(स्रोत : Dcnepal.com)