पिए मात अवश्य लाग्छ
नपिई पनि यहाँ मात लाग्छ
नशा र विष नपिउनेलाई
मान्छे किन पिउन लाउँछ ।
पत्तै नपाएको कुरा पनि
यहाँ बद नामको वात बन्छ
भ्रम फैलाउन परिपञ्च रच्नेले
आफ्नै यर्थात विर्सिएको हुन्छ ।
अरुको चित्त दुखाइ
मान्छेले कति नै आनन्द पाउँछ
प्रगाढ अनि विशुद्घ आत्मीयता लत्याइ
मान्छे कस्तो सम्बन्ध खोज्छ ।
अभिषाप ! कर्मको फल पाएर पनि
मान्छे किन मान्छेकै खोइरो खन्छ
झूटको खेती गर्नेले
आफ्नै देह लाई ढाटिरहेको हुन्छ ।
वल्लोको कुरा पल्लोमा
पल्लोको कुरा वल्लोमा पुर्याई
हरपल स्याबासी खोज्दै
मान्छे दूधभात खान खोज्छ ।
निदोर्षलाई दोषी बनाइ
मान्छे न्यायको कुरा गर्छ
मन्दिर मै वलि चढाइ
मान्छेले कुन पुण्य प्राप्त गर्छ ।
– आकाश ( कोलोराडो, अमेरिका)
February 2nd 2007
(स्रोत : Dcnepal.com)