नदेखिन्जेल अमेरिकाको शौन्दर्य सजिएर आयो,
पुगेपछि अमेरिका त्यो अनौठो भूत बनेर आयो ।
नजिकको तीर्थ हेला पाएपछि सस्तो के विधान हो!
हुनुभन्दा न हुनुमै त्यो हिमाल काल चढेर आयो ।
सत्ता उल्ट्यो भुडी फुटी उत्तानो परौला किन रोएको ?
आँखा न छोप घूस खुवाएको हाँसौला भनेर आयो ।
आजको अविज्ञेय जिन्दगीमा मृत्यु एक माहौल छ,
मूल ढोकाको बाटो बिराएर मारौला भनेर आयो ।
‘क्रेडिट’को ‘लोन’ले घर नै विशाल ‘वेभ’ बजार छ,
बाहिर पहाड झैं कम्प्युटरमा मुसा चलेर आयो ।
काट्ने ताछ्ने र मार्ने संपादक महान् श्रीगणेशाय नमः,
कल्याण काम गरेछौ इराकमा भुडी फुटेर आयो ।
– होमनाथ सुवेदी वुडब्रिज, भर्जिनिया
मे ३० २००७
(स्रोत : Dcnepal.com)