~शिबराज उप्रेती~
लेक फुल्यो लाली गुराँस बेसी फुल्यो टाँकी
हित्त चित्त मिलिसक्यो केमा रह्यो बाँकी
माया डोरीको
के लाउन साहिला बाहुको छोरीको
लामो पुच्छर केको हुन्थ्यो चरी कोकलेको
केको माया लाउँथ्यौ तिमीले भनी टोपलेको
माया डोरीको
के हेर्थ्यो साइनो बाउकी छोरीको
आज मैले घाँसै काटै पारी छेउको रावन्ने
यो मन जस्तो त्यो मन भए छोरा हुन्थ्यो पावन्ने
पानी धाराको
लाऊँ माया गाउँघरमै नलाऊँ टाढाको
एउटा घर त काठमाण्डौंमा अर्को घर सिम्ले
मेरो बिहे भैसक्या छ के भनेको तिम्ले
काँडाघारीमा
नसमाऊ नाडीमा पर्लाऊ जारीमा
काटिहालुँ निगाली त बुनिहालौं देली
बुढीभा नि लान्छु म त भातै पकाइदेली
माया गाजले
बोलाउँदा आउँदिनौ है कसको लाजले
केको तर्को के को तर्को कुराउनीको तर्को
घरमा तिम्रो छँदा छँदै केलाई खोज्छौ अर्को
कपाल नकोर
जति पायो तरुनी घरमा नसोर
नक्कलीको बासना आउँछ त्यसै हरर
जति पायो तरुनी घरमा नसोर
शब्द – शिबराज उप्रेती
स्वर – कुमार बस्नेत, मीरा राणा
एल्बम – लोक कोशेली