धड्कनलाई बचाई राख्ने मेरा दुई हात
पौरख र पाखुरी नै मेरो जीवन साथ
कहाँ हो र मेरो पनि,ढुङ्गो कुट्ने रहर
मलाई पनि मन्त थियो, घुम्नलाई सहर
रहर भन्दा भोक ठुलो भयो जिन्दगीमा
जोबन सबै लुटी गयो पेटकै बन्दकीमा
नदीले झैं किनारलाई छोडे जस्तो पनि
सकिएन छोड्न गाउँ,परदेश लाग्छु भनि
ढुंगा-माटोसंगै खेल्ने बानी परे हात
पौरख र पाखुरी नै मेरो जीवन साथ
मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क
(स्रोत : Manu Lohorang Rai’s Blog)