~रुद्र खरेल ~
हाम्रो व्यक्तित्वलाई थरीथरीका जुइना र टेकाहरूले थेगेको छ । गम्दै जा“दा कहिले–कहिले मलाई एउटा एकदमै नया“ पुराण लेख्न मन लाग्छ, टेको पुराण । टेको पुराण कुनै काल्पनिक पात्र र घटनाको टेकोमा थाङ्राको चिचिन्डोझैं लिन्ठिड्ड झुन्डिएको पुराण हुनेछैन । यसका पात्र, घटना र परिवेश ठ्याकका ठ्याक्क जिउ“दा र यथार्थ हुनेछन् । यो आधुनिक युगमा लेखिएको उन्नाइसौं पुराण हुनेछ ।
टेको पुराण किन ? हाम्रो जीवनस“ग यसको के साइनो छ ? यी प्रश्नहरू तपाईं मलाई सोध्न सक्नुहुनेछ । मैले पनि यस पुराणको खेवारा गर्नुअघि नै यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिइसक्नु पर्नेछ । म तपाईंलाई खुलस्त भन्छु– मैले यो पुराण लहड र रहरले लेख्न लागेको होइन । आवश्यकता स्वीकारेर मैले महिनौं–महिनौं सोचें, सोच्दै गए“ र अन्तमा बुद्धलेझैं ठ्याक्कै सत्य फेला पारें । यो सत्य ऐनमौकामा सबैले बुझे भने तिनले यो लोकमा सुखभोग गरी हा“सी हा“सी परलोक प्राप्त पनि गर्नेछन् । त्यसैले मैले यो पुराण लोकको हितका लागि लेखेको हु“ । झुट्टा ठहरी फरक परे ऐन सवालबमोजिम सहु“ला बुझाउ“ला ।
सबैभन्दा पहिले मलाई लाग्यो, यस्तो लोकहितकारी पुराणको थालनी कहा“बाट गर्ने ? मेरो दिमागमा समस्याको गा“ठो प¥यो । म सोच्न लागें अ,“खा चिम्लिएर । गा“ठो फुक्दै गयो । मैले देखें– हाम्रो व्यक्तित्व र अस्तित्वको ढाकरको काम्रो आफंै उभिन सकेको रहेनछ≤ परी–परीका तोक्माको टेकामा अडिएको रहेछ । मलाई लाग्यो, यो यथार्थ नै टेको पुराणको आवश्यकताको बलियो दसी हो । वास्तवमा, जाली सर्टिफिकेटको टेको होस् कि पदको टेको होस्, घरको टेको होस् कि भरको टेको होस्, बिना टेको आज कसैले ठिड्ड उभिने दुस्साहस गरेको छैन । भाषण र आसनको टेको बिना भन्नोस् त आज कुन मन्त्री उभिन सकेको छ ? अरू त के विदेशी ऋण र अनुदानको टेको बिना अबदेखि उभिन सक्दैन । संविधान र प्रजातन्त्रको टेको नहाले संकटकाल नामको मृत्युकालले माटामा जरा हाल्दैन । टेको बिना पाकेको मेवा त टिपेर खान सकिंदैन भने जनसेवा र प्रजातन्त्रको टेको नलगाई कमिसन र भ्रष्टाचारको तोरी मन्त्रीहरूको बारीमा कसरी फुल्छ ? ईश्वरभक्ति र धर्मको टेको नलगाई मन्दिरको आम्दानी कसरी जिप्ट्याउने ? हत्या, व्यभिचार र जोरबर्जस्तीको खतबातको औचित्य, टेको बिना कसरी पुष्टि गर्ने ? गर्नोस् खुब कुकर्म र भन्नोस्– “मैले त्यो फल्नोवाद, मान्यता वा धर्मका लागि गरें ।” हेरिल्याउ“दा, सा“च्चि नै, हामीमध्ये कति नक्कली प्रमाणपत्रको टेकोमा उभिएका छौं त कति सत्ताको टेकोमा थिगिरी नानी थिगिरी गरिरहेका छौं । नक्कली सर्टिफिकेट मात्र किन, हामीमध्ये कोही कोही त नक्कली राष्ट्रियता र नक्कली देशभक्तिको टेकामा उभिएका छौं । अलिकति सुब्बेफाब्बे त होस् त्यो जाबो टेको कहा“ हुत्तिंदो रहेछ । यस्तै, हामीमध्ये कोही–कोही चाकरीको टेकामा उभिन्डिएर कुभिन्डो झैं झुन्डिएका छौं≤ कोही चाहिं निठ्ठा सिद्धान्तको थाङ्राको टेकामा तुर्लुड्ड झुन्डिएर हावामा कावा खाइरहेका छौं । हामीमध्ये कोही पसिना र तोक्माका भरमा उभिएका छौं त कोही सिफारिस र तक्मामा उभिएका छौं । खोजी पसे नक्कली हृदयले प्रेम गर्ने र नक्कली ओठले चेब्¥याइ“ पार्नेहरू पनि फेला पर्छन् । अनुहारमा बर्बरताको मुखुन्डो भिरेर नक्कली आ“सुको टेको लाएर रुनेहरू पनि फेला पर्छन्, जो सबैभन्दा बढी धोकेबाज छन् । अब भन्नोस् त टेको पुराणको सान्दर्भिकता छ कि छैन ?
पण्डित बाजेले भन्थे– “हेर् बाबु, ब्रम्ह मात्र सत्य हो, बा“की जगत् मिथ्या हो ।” अहिले ती पण्डित बाजे मेरा अघिल्तिर पर्थे भने जु“गा सोत्र्याम्म हुने गरी लोपार्र्दै भन्ने थिए“– “ईः ब्रम्ह सत्य ⁄” वास्तवमा, टेको मात्र सत्य हो बा“की सबै मिथ्या । त्यसमा पनि अझ हामी नेपालीका लागि त जिउने साधन र संस्कृतिको अनुपम उदाहरण हो टेको । हामी त आफू बसेको घरको गारो मिति पुगेर चर्किन र भत्किन लाग्यो भने पनि त्यसलाई टेकाले अड्याइहाल्छौं । तपाईंलाई किन ढा“टौं, घर मात्र होइन, हामीले त देशलाई नै टेकाले अड्याएका छौं । अतीतप्रतिको बढाइचढाइपूर्ण गौरवको टेको, सीता र भृकुटीको टेको, सहिदको टेको, बलभद्र र भक्ति थापाको टेको, सगरमाथाको टेको, के केको टेको के–केको टेको ⁄ मलाई डर लाग्छ, यतिविदि टेकाहरू मक्किएर निकम्मा भएको दिन हाम्रो देशको हबिगत के हुने हो कुन्नि ⁄ सोचेर ल्याउ“दा मलाई भन्न मन लाग्छ– “हामी सबै टेकबहादुरहरू हौं, थरी–थरीका टेकबहादुरहरू ⁄ खोइ हामी आफैं उभिनसकेका, थरी–थरीका हामीलाई परीपरीका टेको नत्र नचाहिनु पर्ने हो ।
अ“, सा“च्चि, टेकाको सिलसिला चल्दा पो मैले अहिले झल्यास्स सम्झें । तपाईंले आनै पार्टी कार्यकर्ता रुक्मिणीस“ग रासलीला रच्नु भएको थियो । त्यसको भेद खुल्यो अरे, होइन त ? भरिसक्के स्वीकारै नगर्नुहोस्, गर्नै परे पनि बयान लिनेहरूलाई उल्टै सोध्नुहोस्– के प्रजातन्त्रमा ‘लाइङ्गकिस’ अर्थात् उडुवा म्वाइ पनि खान नपाउनु ? घटनाको महŒवहीन पक्षलाई सकार्नोस् र मूल पक्षलाई ठट्टामा उडाउनुहोस् । खुल्ला अर्थव्यवस्था बोकेको आजको बहुलवादी समाजमा हवाइ म्वाइका विरोधीहरूको आत्मा असंसदीय छ, अप्रजातान्त्रिक छ भनेर ढ्वाङमा थुतुनो जोत्दै डुक्रनुहोस् । रहस्यको आन्द्राभु“डी सडकभरि छ्यालब्याल भई नै हाले पनि नआ“तिनोस् । मेरो सल्लाह खानुहुन्छ भने पाखुरा सुर्की सुर्की तपाईंको उछित्तो काठ्ने बहुमत पक्षबाट जुम्रोझैं सर्लक्क अल्पमततिर सर्नुहोस् । बहुमत पक्षलाई चरित्रहत्याको फत्तुर लाउ“दै उल्टै आक्रमण गर्नुहोस् । जो चोर उसैको ठूलो स्वर भन्ने लोकोक्तिलाई सार्थक बनाउ“दै भन्नुहोस्– “बहुमते भातेहरूस“ग सिद्धान्त छैन, भनाइ र गराइमा फाटो छ, मूल्यमान्यताको राजनीति कुन चराको नाम हो, तिनलाई फुम छैन । तिनले त चरित्रहत्या र षड्यन्त्रको राजनीति मात्र गर्न जानेका छन् ।” सक्नुहुन्छ भने पार्टी फुटाउन साथीहरूलाई उक्साउ“दै नारा लगाउनुहोस्– “आउनुहोस्, हामी फुटौं, फुटिहालौं । बहुमतेले राष्ट्रियता बेच्यो, नदीनाला बेच्यो, सत्ताको कुइगन्धे खेल खेल्दै तारे होटलमा लगेर नारीको अस्मिता बेच्यो ।” त्यसपछि सिंहदरबार गेटमा सिङ उद्याउ“दै कुर्सीमा आ“खा लाएर डुक्रनुहोस्– हुक्का“ ⁄ हुक्का“ ⁄⁄ मानिलिनोस्, त्यसको केही महिना लगत्तै फेरि तपाईं र तपाईंकी अर्की कार्यकर्ता साथी राधा यौनाचारकै वारदातमा पक्राउ पर्नुभयो, नानीदेखि लागेको बानी न हो । भन्नोस् त अब तपाईं के गर्नुहुन्छ ? मेरो सल्लाह मान्नुहुन्छ भने मित्र, तपाईं नआ“तिनोस् । यसको पनि ओखती छ । उपिया“झैं बहुमतेतर्फ तपाईंको पालो बुरुक्क उफ्रनुहोस् र अल्पमतेलाई धारे हात पार्दै झम्टनुहोस्– “अल्पमते झुसिल्किराको लर्को सगरमाथाको टुप्पामा मरिगए पुग्दैन । तिनले जनतालाई धोका पस्कन मात्र जान्दछन् ।” फेरि, चुच्चे ढुंगो उही टुंगोमा आएर अर्की बहुमत पक्षकी सत्यभामालाई जोरबर्जस्तीस“ग दुई जिउकी बनाएको खबर छापाले पस्किए के गर्ने ? यो चाहिं तपार्इं आफैं सोच्नुहोस्– सा“च्चि नै के गर्ने ? अ“, एउटा उपाय छ, तपाईं सिद्धान्तलाई नै तीन पैसे खोटो भनेर प्रस्तुत हुनुहोस् । जुन पार्टीमा लेबी र चन्दाको रकम गमक्र्याउन पाइ“दैन, जुन पार्टीमा सा“ढेजस्तो डुक्रेर सुधी गाईहरूस“ग छिल्लिन पाइ“दैन, हुक्का“को हुङ्कारले सत्यलाई निर्बाध बलात्कार गर्न पाइ“दैन, त्यस पाटीमा किन बस्ने ? सिद्धान्तबहादुरजी, सिद्धान्तको टेको फालिदिनुहोस् ।
तपाईंलाई अर्को एउटा घटना पनि सुनाउ“m । घरमा दा“त फुक्लिएकी बुढी हु“दाहु“दै नातिनी भन्न सुहाउने आनै कार्यकर्तास“ग प्रेमबहादुरको ‘पेरेम’ परेछ । जस्तो नाम उस्तै काम । जिन्दगीमा एउटीस“ग पनि पिर्ती गा“स्न नसक्ने के खाएर हुन्छ खा“टी प्रेमबहादुर ? बैरागी काइ“लाले त ‘चालीस बर्खे जोवनलाई मेरो पनि सलाम’ भनेका थिए । यिनले त गा“ठे सत्तरी बर्खे जोबनलाई नै प्रेम र रोमान्सको टु“डिखेलबाट दर्जनौं तोपको सलामी दिए । बुुर्जुवा कानूनको बहुबिहासम्बन्धी मान्यता के खाएर कमरेडले मानोस् ⁄ दुईजनाको ल्याप्पै मेल भैसकेपछि कसले उठाओस्, अनमेल बिहेको थाङ्ने कुरा ? तैपनि मान्छेको जात न हो, यस्तो कुरामा चियो चर्चो नगरी किन बस्थ्यो ? कस्ता–कस्ता पोप–पादरी, भिक्षु, सन्त–महन्त, पण्डित–पुरेत, ईश्वरका दूत, ब्रम्हा–सरस्वती, लेवेन्स्की–क्लिन्टन, नेता र अभिनेताको त आखिरमा घ्याम्पो फुटेरै छोड्यो भने यिनको चाहिं कसरी भकुन्डो जस्तो, एयरटाइट भएर रहन सक्थ्यो ? हावाको बेसी चापले भकुन्डो पनि ब्ल्याड्ड पड्कन्छ र छुस्स हावा बाहिर निस्कन्छ । त्यसमा पनि बुढालाई नस हाल्ने मौका छोप्नेहरूको झुसिलकिरे ता“ती थियो । ‘बुढाका ठाउ“मा म अभागी बज्रस्वा“ट’ भनेर हीनताबोधले आनै मुख सोतार्ने ईष्र्यालुहरूदेखि लिएर पशुपतिनाथका कृपाले आनो घ्याम्पो नफुटी खतरामा पुग्नबाट जोगिन सकेकाहरूले पनि उफ्री उफ्री धारे हात लाएर विरोध गर्न लागे । अर्कातिर, यस पेरेम बिहेलाई जम्बुद्वीपकै पहिलो ‘नमूना क्रान्तिकारी’ बिहेको सूचीमा दर्दै टाउको रनक्क पार्ने अजिड्डरे लामा दार्शनिक लेखकहरू बजारमा छताछुल्ल आए । ‘मन मिलेपछि भा“डमा जाओस् उमेरको कुरा ⁄’ लु खास् त बुढाको पालो बत्तीस मुजा परेका तिघ्रामा भक्ति थापाले जस्तो जोसिलो मुड्की बजार्दै ब्ल्याड्डै भनिदिए । “बुढाले मैले पेरेम गरेको हो” भन्ने ठूलो आ“ट त गरे तर उनले एउटा कुरामा बुद्धि पु¥याएनन् । कालजु“गे अधबैंशे नेताले प्वाक्क भन्यो, “के कुरामा बुद्धि पु¥याएनन् ?” मैले उसलाई प्रश्न गरें, उसले भन्यो– हेर्नोस्, माया चलेपछि काया चलिहाल्छ । बरु, जसस“ग पेरेम छैन, त्यसलाई काखा“ राख्नै हुन्न । यौन र पेरेमको यो अचुक माक्र्सवादी सूत्र हो ।” मलाई लाग्यो, अधबैंसे कामरेड सूत्रबहादुरले ठीकै भने । कलिजुगमा दा“त फुक्लिएकी बुढीलाई कुन मूर्खले माया गरोस् ⁄ नभन्दै त्यसको पुग नपुग दुई हप्तापछि सूत्रबहादुरजीको स्वच्छन्द क्रान्तिकारी रोमान्स र प्रेम छापामार्फत् सहरभरि छ्यालब्याल भयो । मेरो पालो सुर्रिएर फोनको डायल घुमाउ“दै भनें, “कमरेड के हो यो बजारको हल्ला ?”
“पेरेम परेपछि त्यो जाबो कुरा गर्न कल्ले आइतबार बार्छ र ?” उसले उल्टै प्रश्न ग¥यो ।
“मेरो नजिकै बसेर ‘मलाई धोका भयो’ भन्दै भाउजू कोक्याई–कोक्याई रु“दै छिन् नि त । म के भनू“ उनलाई ?” मैले मानवीय समस्या तेस्र्याए“ ।
“यस्ता झिनामसिना कुरामा बेकारमा तपाईंजस्तो क्रान्तिकारी किन अल्मलिनु हुन्छ ? जसस“ग पेरेम छैन, त्यसलाई काखा“ राखिंदैन– राखिंदैन । अनि जसस“ग पेरेम पर्छ, त्यसलाई छाड्दा पनि छाडिंदैन, पानीमुनि गए पनि छाडिंदैन । आफू त यथार्थवादी मान्छे, सिधा कुरा गरिन्छ ।” उसले मेरो प्रश्नलाई अजिड्डरले बढेमाको पाहा भ्यागुतो कुक्लुक्क निलेझैं निलिदियो ।
“हाम्रो पाटीलाई पो यसले नराम्रो गर्ला कि ?” मैले दबेको स्वरमा खुलस्त्याइ“ मागें ।
“भुत्राको नराम्रो गर्छ त्यल्ले । झन् राम्रो गर्छ । माओ पनि दोस्रीलाई छोडेर तेस्री उर्बसी जस्ती हिरोइनतिर लागेका थिए । त्यसपछि नै उनले पनि चीनलाई मुक्ति दिए । अर्काको खोइरो खन्ने झुसिल्किराहरू पहाडको टुप्पामा पुग्लान् भन्ने ठान्नुभएको छ तपाईंले ?” उसले खराखरी भन्यो ।
“त्यसको अर्थ हजुरको यस पेरेम बिहाले नेपाली जनताको मुक्ति पनि पक्कापक्की ग¥यो हैन त ?” मैले खुल्दुली बिसाए“ ।
“ठट्टा नगर्नोस् न साथी ⁄” उनी अलिक मत्थर भए । यो सा“चो घटनाबाट पनि हाम्रो सामाजिक जीवनमा टेकाको महŒव छ्याड्ड हुन्छ ।
हाम्रो जीवनमा टेकाको महŒव अर्को ढड्डले पनि पुष्टि हुन्छ । झम्के झोलको झ्याम्टा बजाएर भट्टीमा टिल्ल भएर झुल्दा होस् कि अझ अघि गएर आचीहु“दो थुतुनो जोत्दा होस्, हामीलाई टेको नभई पटक्कै हु“दैन । यसको अर्थ मैले तपाईंलाई जा“ड खाएर झल्लो भएर नहिंड्नोस् भनेर उपदेश दिन खोजेको चाहिं होइन । खुब धोक्नोस् र जोत्नोस् मुख सडकपेटीको फोहोरमा । आ“खिर झम्के झोल कसले चढाएन ? भन्नोस् त । माक्र्सले चढाएनन् कि, लेनिनले चढाएनन् कि, माओले चढाएनन् कि, लिङ्कन र गान्धीले चढाएनन् ? यिनीहरूलाई मात्रै किन, तपाईंले गौतम बुद्ध, ज्ञान दिलदास, कविरदास, हनुमानभक्त तुलसीदासलाई पनि टेको बनाउन सक्नुहुन्छ । तपाईं यसभन्दा पनि अघि जान सक्नु हुन्छ । कारण, खोया बिर्केको इतिहास छोएला कचेलाको भन्दा पुरानो र गौरवपूर्ण छ । वैदिक ऋषिहरूले यसलाई सबै इन्द्रियलाई परिपुष्ट पार्ने महान् रस भने । भन्नोस्, यस्तो असली रस कसले पो घु“ड्क्याएन होला ? भारतद्वाजदेखि भट्टराईसम्म, वशिष्टदेखि बलबहादुरसम्म, वैशम्पायनदेखि वामदेवसम्म, स्मृतिकारदेखि साहित्यकारसम्म र गुहेश्वरीदेखि हृदयेश्वरीसम्मले यसलाई सश्रद्धा अचाउ“दै आए । यति बिङ्न टेका हु“दाहु“दै तपाईं किन पिरोलिनु हुन्छ साथी ? झल्लो भएर झम्के झोलमा झुल्नोस्, खुब झुल्नोस् ⁄ झम्के झोल मात्रको के कुरा, अझ अघि गएर भन्ने हो भने हाम्रो जीवन सा“च्चि नै टेकोमय छ । हामीलाई त मरेपछि पनि टेको नभई हु“दैन । गाईको पुच्छरलाई टेको नबनाई हामी बैतर्नी नदी तर्न सक्दैनौं, बाहुनमार्फत् जेमराजलाई घुस नख्वाए उसको इजलासको मुद्दा जितेर स्वर्ग जान सक्दैनौं । हेर्नोस् त हाम्रो जीवनको कुन पक्ष मात्र टेकोबाट प्रभावित छैन । अब त पत्याउनु भयो होला मेरो कुरा । अझ नपत्याए छाम्नोस् आनै स्याप्प परेका ख्याउटे गालाहरू । ढाडे गालाको कुरा छाडौं । कन्तबिजोग त छ स्याप्पे गालाहरूकोे । ओडारभित्र बन्साका बोटेझैं झुस्स पलाएका दारी भूमिगत भइदिएपछि पुलिसजस्तो बिलेडका बाबुको के लाग्छ ? तर हामी गरिबी र कुपोषणबाट जन्मेको यस सनातनी राष्ट्रिय समस्याबारे त्यति चिन्तित छैनौं । हामीस“ग यसको भरपर्दो परम्परागत राष्ट्रिय प्रविधि छ । जिब्राका टुप्पाले ख्वाप्लाक्क परेका ख्याउटे गालाका छालालाई भित्रैबाट ठेल्छौं र गाला हुप्प भएर अरिमठे ढाडेको जस्तो अनुहार भएपछि बेस्कन बिलेड दल्छौं । यसले छर्लड्ड पार्छ, हाम्रो जिब्रो पनि गालाको टेको मात्र हो ।
टेकाको यस्तो सर्वव्यापी महŒव बुझेरै मैले यो टेको पुराणको प्रथम अध्याय लेखेको हु“ । बा“की अध्यायहरू क्रमशः म लेख्दै जानेछु ।
इतिश्री टेको पुराणे द्वैधचरित्रखण्डे टेकवहादुर महात्म्ये प्रथमो अध्याय समाप्तम् ।
(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )