~मिजास तेम्बे~
मागे जति सबै दिए, खाली भए म ।
कस्ले गर्यो बेइमान् यहाँ, जाली भए म ।
कुरा गर्छन् सबै साथी उन्नतीका,
दर्शक माझ फगत यौटा, ताली भए म ।
माटो संग कर्म गर्छु, धर्म गर्छु ।
आफैं भित्र खिईरहने, फाली भए म ।
कुरो हुन्छ चार जात र छत्तीस् बर्ण
बिना फूल बगैचाको, माली भए म ।
मैले थापें, मैले ख्वाँए अन्न पानी ,
खाए पछि फालिएको, थाली भए म ।
घुर्क्याउने, फुक्याउने यस्तै हुन्छ माया ।
मायालुको ओंठमा सधैं, लाली भए म ।
स्वभिमानको छानो फाट्छ किन यहाँ ।
बर्खामास चुहिरहने, पाली भए म ।
हाल ब्रुनाई
January 9th, 2006
(स्रोत : HkNepal.com)