~हरि पाख्रिन ‘अन्जान मायालु’~
नया अनि उमङग सङ्गै अन्धेरी सुनसान कोठाको बात मिठो
मधुमास बिचको चरमसुख सङ्गै नब-जोडीको साथ मिठो
एकोहोरो कामुक यो नशाको अझ भनौ त मात मिठो
बैशले ओत-प्रोत यो मौसममा चुम्बनको यहा जात मिठो
मिठा-मिठा कुरा सङगै स्पर्सको अझ लात मिठो
कस्सिलो यो न्यानो अङ्गालो बिचको दुई हात मिठो
सर्दिको बाबजुद युगल-जोडि बिचको अध्यारो त्यो रात मिठो
सधै सङगै आफ्नै मायालुको न्यानो-न्यानो त्यो काख मिठो एकान्तमा कल्पिदा मायालुको याद नै मिठो।
हरि पाख्रिन ‘अन्जान मायालु’,
हाल:अल-अन युएइ