लोकतन्त्रले राजतन्त्र उखेल्ने आँधीको वतास आएको हो
राजा नै हल्लिए पछि गिरिजाको हातमा निकास आएको हो ।
चर्को आन्दोलन रोकियो माओवादीले धोका खाएको खास हो
संझौतावादीको पछि लाग्दा माओवादीमा निराश आएको हो ।
प्रदोष कसलाई? दास, देवता वा दस्युलाई, बदमास हो !
सत्तापक्षको लोभले अपराधी मानव विकास आएको हो ।
देउपाले अशान्तिको नाउमा चुनाउ रोकेको पृष्ठभूमिमा
चुनाउ सारी ऐले कुर्सीको म्याद थप्दा उठिबास आएको हो ।
जनताबाटै आन्दोलन शान्तिको पहिलो निकास आएको हो
संविधान सभाको निर्वाचन चाँडै न भै विनाश आएको हो ।
– होमनाथ सुवेदी ( वुडब्रिज, भर्जिनिया)
मार्च ३१ २००७
(स्रोत : DCNEPAL.com)