छोराछोरीका मेजमान्की खाइनसक्नुभो,
भो अमेरिका, स्वर्ग जाने बाटो प्रशस्त भो,
त्यो नेपालमा एक थोप्ला दूध नपाउनेले
दूधै दूधका ग्यालन पाएर अचम्म भो ।
०
बुहारी
ढोग आमालाई गर्ने हैन,
बुहारीको अपमान हैन?
नातो फर्लङ्ग उल्टाए हुन्छ
श्रीमान्माथि चढ्न दिने हैन !
०
मान्छे खान्छु
खाना रुच्दैन मुर्दा नै खानछु,
गाना सुन्दिन गाली नै खान्छु,
पीडाले सबै पाप पच्ने भो
अब मान्छे गनी गनी खान्छु !
०
समुद्रपार
म मूर्दो यहाँ बाँच्न चाहन्न,
अपुतो त छैन मर्न चाहन्न
सबै ठूलै ठूला यो सन्तान
समुद्रपार लान चाहन्न ।
०
– होमनाथ सुवेदी ( वुडब्रिज, भर्जिनिया)
०९÷१५÷२००७
(स्रोत : DCNEPAL.com)