मान्छे हो वा खान्चे? ए कको प्रगतिमा अर्को तगारो हुन्छ,
युद्ध हो वा बुद्ध संप्रभूताको मदानीमा थारो हुन्छ ।
प्रगतिपथमा गरालो आए भाँचेर अगाडि बड्नुहोस्
लड्ने हैन बरु भाँच्न नसके लर्केर जानु तारो हुन्छ ।
मान्छेको यो जातै त्यस्तो लड्न थाले निस्सिम लडिरहन्छ
भिड््रन थाले भिडाइ सकिन्न कुतर्कको सीमा सारो हुन्छ?
बुझ्नेसित बुद्धि लडाउनु न बुझ्ने कुकुर छुनै हुन्न,
गल्जेव्रासित प्यार न गर्नू, फुक्दै न फुक्ने कमारो हुन्छ ।
उठेको डाहले मरेको लाशलाई पनि लातीले हान्छ,
मान्छेले के धोका दिन्छ, थाहा हुन्न, यो महान् छेपारो हुन्छ ।
– होमनाथ सुवेदी ( वुडब्रिज, भर्जिनिया)
मार्च ३१ २००७
(स्रोत : DCNEPAL.com)