तोते बोल्दै फकाउँदैछु तिम्रो कान्छा काका
लिटो पिठो पकाउँदैछु तिम्रो कान्छा काका
रुनु हुन्न चुप बस पाकि सक्यो अब
दुध घोली चखाउँदैछु तिम्रो कान्छा काका !
कस्ले खान्छ? नानी बाबु ! कती खान्छ? धेरै..
अन्तिम् गाँस सकाउँदैछु तिम्रो कान्छा काका!
सुत है ल अब तिमी म जान्छु नी काममा
काखै माथी थकाउँदैछु तिम्रो कान्छा काका !
थाकेको छु म पनि त यता उता गर्दा
तिमी सँगै झकाउँदैछु तिम्रो कान्छा काका !
सुत्ने हो की नसुत्ने हो आँखा झिम्क्याइ दिँदा
प्रश्न सोधी बह्काउँदैछु तिम्रो कान्छा काका !
बुद्धि मोक्तान ,
ताप्लेजुङ
दक्षिण कोरिया
April 23, 2011
(स्रोत : DCNEPAL.com)