के खान पढ्दछौ नेपाली? वाह! तिमीलाई गुरु मान्नुपर्छ,
यथार्थ हैन आदर्श बन, यही चपाइ गुरु मान्नुपर्छ ।
न वर जन्मको न पर जन्म को हो, के संन्यासी बन्नु छ र?
नेपाली लेख्ने पढ्ने न गरेरै बाँच्ने बाई गुरु मान्नुपर्छ ।
तिम्रो वंशवृक्ष अमेरिकामा स¥यो अनि भाषा अंग्रेजी भो,
छोडेको भाषाको चाकरी किन? वक्ता गाई गुरु मान्नुपर्छ ।
संस्कृत पढेलेखे जस्तो पनि हैन, भाषा नेपाली लेख्नु छ,
तैपनि अपजस को लेख्दछ? यी पराइ गुरु मान्नुपर्छ ।
न लेखे नेपालीमा न गरे नेपालीको सेवा मनै रहन्न,
मनको पछि लागे जोगी हुन्छौ, यो भोगाइ गुरु मान्नुपर्छ ।
अंग्रेजी मात्रै लेख्ने, सेवा युएस्एको, वर्तमानमा बाँच्नु छ,
भूत भविष्य उँधै लागेलागून् वाह ! भाइ ! गुरु मान्नुपर्छ ।
– होमनाथ सुवेदी ( वुडब्रिज, भर्जिनिया)
०९÷१५÷२००७
(स्रोत : DCNEPAL.com)