अनेसासमा ऐले नेपाल नै ‘भोट’ बनेर आयो
भोटैले घरको ऐना लौ दुइचिरा परेर आयो ।
अनेसासको चुनाउमा ऐले तँछाडमछाड भो
कल्ले जित्ने कल्ले हार्ने कस्तो विवाद गढेर आयो ।
हुनै पर्छ निर्वाचन, स्वस्थ प्रतिस्पर्धाको लागि होस्
लडे, चुनाउपछि दुवै पार्टी एक परेर आयो ।
पछाडिबाट छुरी हान्ने हैन, तरलाउने हैन,
बरु हार्नेलाई नै च्याप्ने लोकमत थपेर आयो ।
पूर्वाग्रहले आक्षेप लाउनेले उँधोमुन्टो लायो
निर्वाचनको विवाद यौटा नजीर जपेर आयो ।
चुनाउमा कुरौटेले उमेद्वारी दिन सक्नुपर्छ
भोटै पनि न दिनेलाई हाँक आफैं डटेर आयो ।
जो बलियो, जसले गर्छ, ऊ नै ठहर्छ, अर्को हट्छ
अनेसासमा लोकमत यो सिद्धान्त भएर आयो ।
सार्वजनिक संस्था हो यो अनेसासको कुरै छैन
प्रतिस्पर्धा गर्ने जेता, नेता त झन्डा गनेर आयो ।
– होमनाथ सुवेदी ( वुडब्रिज, भर्जिनिया)
अप्रील ७ २००७
(स्रोत : DCNEPAL.com)