~ज्योति जंगल~
भन्नेहरु सबै साचो कहा भन्दा रहेछन् ?
गाउनेहरुले गीतमा पनि झुटो संवेदनको धून भर्दारहेछन् ।
प्रेमको मन्दिर भनेर चिनेथें ताजमहललाई
समर्पणको इतिहास भनेर सुनेथें ताजका
गीतहरुकौतुहलको उत्ताउलो वेग छातीले थिचेर
प्रेमको धैर्यलाई मुटुभित्रै थुनेर
म सुन्न गएथें प्रेमका नसुनिने सङ्गतहरुम
छुन गएथें प्रेमका नदेखिने तस्वीरहरु ।
मलाई संसारकाहज्जारौं प्रेमी आत्महत्याको मुक्ति त्यंहा माग्नुथियो,
मनमनै चवाएर गरेका बलीदानी प्रेमको साक्षी उसैलाई राख्नुथियो,
दैनिकीले निलेका प्रेमका निला ओठहरु फिंजाएरगुलावी रङ्गले पुर्नरोगन गर्नुथियो …
नजानी के के सोचेंछु मैले,
नजानी के के सोचेंछु मैले,
आमाको वात्सल्यभन्दा प्यारो प्रेमस्वेच्छाको चादनीजस्तो चमकदार,
उफ..त्यसरी प्रकाशन गर्ने हिम्मत गरेको छ कस्लेप्रेमको घोषणपत्र ?
कस्ले तयार पारेको छ प्रेमको अनन्य महल ?
त्यागको कम्पनले विरामी भएर पुगेथें त्यहा ।
अह, सिंगमरमरको फूलको थुंगाकहीकतै
मुमताजको आंशुको शीतमन त्यसै भिजिरह्योमन त्यसै
ठोकिइरह्यो,
बाचुन्ज्याल तड्पिएका ती धड्कनहरुअचानक रोकिएका
बेआवाज भित्ताहरुमापटक्कै प्यारो लागेन मृत्युपछिको प्रेमको दर्शन,
समाधिमा प्रेमको तर्पण ।
ताजमहलमा,
जीवनको अन्तिम सत्य प्रायश्चित गरिरहेथ्यो,
त्यो शान्तिमाफगत फगतएउटा भुलक्कडले सम्झना गरेकोअतितबोधको झण्डा हल्लिरहेथ्यो ।
ताजमहलबाट फर्कदा,
मुटु खुम्चिनेगरी आहतको सिरेटो बोकेरम रित्तै चिसै फर्किएं,
अलिकति फुर्किएको के थिएंप्रेमको अपारतामा डुब्न..
म निस्सार बादशाहसंग चित्त दुखाएर फर्किएं ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)