~प्रबल बिस्ट~
क्रान्तिका राकाहरु बालेर के भो ?
रुकुम संगै रोल्पा जलेर के भो ?
अझै पनि सामन्ती जन्मिन्छन भने
त्यो यौटा राज सस्था ढलेर के भो ?
बुझिदैनन भने जनताका मर्म
सत्ता मात्रै नया बदलेर के भो ?
यहाँ देश दिनदिनै खुम्चिदै गर्दा
माथी छानबिनको कुरा चलेर के भो ?
अब आफै खोज्नुपर्छ आफ्नो गोरेटो
हिजोसम्म कसैको पाऊ मलेर के भो ?
प्रबल बिस्ट, कतार
(स्रोत : NRNaksa)