~दुर्गा खनाल~
दिनभर तातो घाममा काम
राति खोर जस्तो बासस्थान
हरेक हप्ताको बिहिबार साँझ
खोज्छौ तास र रक्सी कहाँ छ
४ सयको कमाइमा ४ हजारको गफ
४ सयकै लागि बग्छन पसिना तपतप
आमाको छ तपस्या, प्यारीको के हाल?
छोराछोरी भन्दछन बाबा फर्की हाल
हातमा छ मोबाइल, गोजीमा सिगरेट
मोबाइलमा हेलो गर्दै आधा तलब चेट
आमा, प्यारी, छोरा छोरी सबैका छन् आश
कमाइ थोरै दुख धेरै कस्तो हाम्रो प्रबाश !?
दुर्गा खनाल
रियाद साउदी अरब
durgabharapali@gmail.com
(स्रोत : NRNaksa)