~सारा प्रधान~
कसले देख्छ मन जलेको यहाँ
कसले देख्छ आखाँ भरी आँशु लुकेको यहाँ
जलेको मन लिएर बाच्नु पर्ने यहाँ
आशुले भरिएका आखाँ लिएर हास्नु पर्ने यहाँ
विश्वास गरुँ कसको यहाँ
मनको व्यथा कसको सामु पोखुँ
लाग्छ सबै स्वार्थी छन यहाँ
विश्वास पनि तोडी दिन्छन यहाँ
माया गर्छु भनि धोका दिन्छन जहाँ
मायाको आडमा स्वार्थ पुरा गर्छन यहाँ
मायालाई नै छाडी दिन्छन जहाँ
बाटो भरी फूलै फूल राख्न खोज्छु जहाँ
तर कसैले काँडाहरु लुकाइ दिन्छ यहाँ
माया त केवल खेल रहेछ यहाँ
साँचो मायाको पनि मोल हुन्छ यहाँ
साँचो मायाँलाई कसले बुझ्छ यहाँ
खेल सम्झी खेल्ने गर्छन मायालाई जहाँ
(स्रोत : Dainikee.com)