आहा! कति मलिलो छ मेरो देशको माटो
लालीगुरास फक्रीएर सजिएको पाटो
बिहानीको झिसमीसेमा झोला बोकी आएँ
प्रदेशको यो जिन्दगीमा आफु एक्लो पाएँ
डँाडापाखा हरियाली गाँउघरको मायाँ
छाती भरी छल्किरह्यो हिमालको छायँा
लुटुपुटु खेल्ने आगन कस्तो भयो होला
गोठमा मेरो माली गाईले सम्झी रोयो होला
लहलह झुल्यो होला मेरो खेत बारी
साथीभाईले भन्दै होलान गयो माया मारी
कर्मरेखा कोर्ने निहुमा छाडी आएँ देश
आटो पीठो आफनै मीठो सुहाउने भेष
देशको माटो सम्झी आज धर्कि रोयो मन
प्रदेशको यो झिलिमीली भयो सुनसान बन
बर पिपलको चौतारी र नागबेली बाटो
सम्भि्क आउँछु लड्दै पड्दै मेरो देशको माटो
सुनिता गिरी, हङ्कङ अक्टोवर २६, २००८
sapanamaye_sansar@yahoo.com
(स्रोत : Limbu Sansar)