~रामप्रसाद ज्ञवाली~
‘नयाँ स्रष्टा, नयाँ सृष्टि र नयाँ पुस्तकको समालोचना गरौं’
मातृभाषा नेपाली नभएका नेपाली स्रष्टाहरूद्वारा नेपाली साहित्यमा पु¥याइएको योगदान अद्वितीय छ । आख्यानतर्फ गिरिश बल्लभ जोशीदेखि विष्णुचरण श्रेष्ठ हु“दै रूपनारायण सिंह, विजय मल्ल, गोविन्दबहादुर मल्ल, ह्दयचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, धुस्वा“ सायमी, पारिजात, भागिरथी श्रेष्ठलगायतका अनेक स्रष्टाहरूले विशिष्ट योगदान दिएका छन् भने कवितामार्फत् पारसमणि प्रधान, सिद्धिचरण श्रेष्ठ, भूपि शेरचन, केदारमान व्यथित, वैरागी काइ“ला, द्वारिका श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, तुलसी दिवस, सरूभक्त, मोहन दुवाललगायत दर्जनौं स्रष्टाहरूले विशिष्ट योगदान पु¥याएका छन् । यसैगरी नाटकतर्फ गोविन्दबहादुर मल्ल, विजय मल्ल, ह्दयचन्द्रसिंह प्रधान, सरूभक्तलगायत अनेक स्रष्टाहरूले योगदान दिएका छन् भने सम्पादन, समीक्षा र निबन्धलेखनतर्फ ऋद्धिबहादुर मल्ल, कृष्णचन्द्रसिंह प्रधान, ह्दयचन्द्रसिंह प्रधान, सत्यमोहन जोशी, इन्द्रबहादुर राई, दयाराम श्रेष्ठ, कुमारबहादुर जोशी, मोहन दुवाललगायतका दर्जनौं स्रष्टाहरूले उल्लेखनीय भूमिका निर्वाह गरेका छन् । यस्तै नियात्रा, गजल, गीत, संस्मरण आदि क्षेत्रमा पनि विमातृ नेपाली भाषीले पु¥याएको योगदान अलग्गै राखेर नेपाली साहित्यको इतिहास, सम्पन्नता र गुणात्मक प्राप्तिलाई हेर्ने हो भने साहित्यको स्वरूप कस्तो हुन्थ्यो होला ? कति कमजोर र कति अपूर्ण रहला ? यस्तो सोच्दा मात्र पनि आङ सिरिड्ड हुन्छ । नेपाली साहित्यमा विमातृ नेपाली भाषीले पु¥याएको योगदान मातृभाषी नेपाली भएका स्रष्टाहरूले पु¥याएको योगदानभन्दा कुनै हालतमा पनि कम छैन । बहुजाति, बहुधर्म, बहुसंस्कृति र बहुविचार भएको नेपालका लागि यो प्राप्ति गौरवपूर्ण छ । विमातृ नेपाली भाषीद्वारा नेपाली साहित्यमा गहिरो योगदान दिने क्रम जारी नै छ । यसै क्रममा लामो समयदेखि गीत तथा गजललेखनमा साधना गरिरहेका साधक कवि विजय सुब्बाको उल्लेखनीय कवितासंग्रह ‘अराजक अक्षरहरू’ बजारमा आएको छ । २०५८ मा साझा प्रकाशनद्वारा प्रकाशित यस कृतिको सामान्य स्पर्शात्मक अध्ययन–विश्लेषण गर्ने उद्देश्य यस लेखको रहेको छ ।
‘अराजक अक्षरहरू’ मा जम्मा ६६ वटा कविताहरू छन् । दुई खण्डमा विभाजित यस कवितासंग्रहको ‘खण्ड १’ मा ३८ वटा फुटकर कविताहरू छन् भने दोस्रो खण्डमा छोटा (५ हरफदेखि १३ हरफसम्मका) २८ वटा कविताहरू छन् । वि.स. २०४१ सालदेखि लेखिएका यी कविताहरूमध्ये धेरै कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका हुन् । मोदनाथ प्रश्रितको भूमिका भएको यस कवितासंग्रहको शीर्षक आकर्षक छ– ‘अराजक अक्षरहरू ।’ वास्तवमा यो शीर्षक आफैंमा प्रशस्त प्रतीकात्मक र ध्वन्यात्मक देखिन्छ । ‘अक्षरहरू’ कविताका रूपमा र ‘अराजक’ स्वायत्तताका रूपमा व्यञ्जित देखिन्छन् । ‘अराजक अक्षरहरू’ शीर्षकको कविताबाटै किताबको शीर्षक पनि छानिएको छ । यस शीर्षकले मूलतः लेखकीय स्वायत्तता, जिम्मेवारी, निर्बन्धता र मौलिकताका पक्षमा भाव सम्प्रेषण गर्छ । वर्तमानमा क्षयीकरण हु“दै ह्रासतर्फ ओर्लिरहेको मानवीय संवेदनशीलताप्रतिको चिन्ता र मानवमूल्यलाई ल्यापल्याप्ती चाट्दै बढिरहेका यस युगका कुरूप अजिड्डरहरूप्रतिको आक्रोश तथा सामाजिक विकृति, भ्रष्टता, व्यभिचार र नैतिक निष्ठामा आएको ह्रासप्रति असन्तुष्ट कविको आक्रोशपूर्ण अभिव्यक्ति बोकेको यस कवितासंग्रहको शीर्षक पनि प्रतीकात्मक, कवितात्मक र सार्थक देखिन्छ । शीर्षकमा रहेको अराजकताले राजकताको खोजी गरेको पाइन्छ ।
‘अराजक अक्षरहरू’भित्रका कविताहरूको प्रमुख विषयगत लक्ष्य नेपाली समाजका नकारात्मक पक्षको उद्घाटन गर्नु रहेको छ । नेपालमा व्याप्त विकृत राजनीति, कमजोर राष्ट्रियता, विभेदपूर्ण जातिवाद, सामाजिक शोषण, वर्गीय द्वन्द, गरिबी जस्ता अनेक विषयलाई कविले पक्रेका छन् । यी सामाजिक असन्तुलन, शोषण र भ्रष्टताप्रति कविले असहमति र असन्तुष्टि व्यक्त गरेका छन् । यस किसिमका नकारात्मक कार्यमा संलग्न व्यक्ति र पक्षहरूमाथि कडा व्यङ्ग्य पनि गरेका छन् । धेरै कविताहरूले नेपाली राष्ट्रियताका पक्षमा आवाज उठाएका छन् । केही कविताहरू नेपाली प्रकृतिको चित्रणमा तल्लीन छन् । राष्ट्रसंचालनको प्रमुख राजनीति हो भने राजनीति नै मूलतः मानवजीवनका सुख दुःखका कारणहरूमध्येको एक प्रमुख कारण हो । जनताको पक्षमा काम र सेवा गर्ने प्रतिबद्धता र घोषणाका माध्यमबाट जनतामा पुगी जनताबाटै चुनिएर राज्यसंचालन गर्ने ठाउ“मा पुगेका अगुवा राजनेताहरू निजी स्वार्थमा चुर्लुम्म डुब्दा त्यस देश र जनताले जे–जस्तो दुर्गति भोग्नुपर्छ र जे–जस्ता संकट बेहोर्नुपर्छ ती सब नेपालमा भएका छन् । कवि विजय सुब्बा पनि पेशाले राजनेता हुन् । उनी राजनीति गर्दै जनताबाट चुनिएर सांसद् भएका छन्, संसद्मा गएका छन् । राजनीतिक प्रतिबद्धताकै कारण उनले राजनीतिको क्षेत्रमा हाम फालेको पाइन्छ । तर राजनेताहरू र पार्टीबीच पसेर, बसेर तिनीहरूको घिनलाग्दो, स्वार्थी र द्वैध चरित्रको क्रियाकलाप आफ्नै आ“खाले देखेपछि उनलाई राजनीतिप्रति नै केही असन्तुष्टि र राजनेताप्रति चरम असन्तुष्टि भएको अनुभव उनका कविता पढ्दा हुन्छ । राजनेताप्रतिको वितृष्णाका कारण राजनैतिक आस्थामाथि नै उत्पन्न अविश्वास र नेतृत्व वर्गप्रतिको घृणा पोख्दै उनले ‘राजनीति’ शीर्षकको कवितामा यस्तो लेखेका छन् ः
मन लाग्छ नेताहरूलाई जहा“ पुग्न
त्यहींसम्मको मनचिन्ते यो रेल हो
यस्तै पो रहेछ पक्का राजनीति
मैले बुझ्नै नसकेका भयड्ढर
षड्यन्त्रकारीहरूको जेल हो । (पृ. ८७)
समाजमा व्याप्त विभेदकारी धर्म, संस्कृति, अन्धपरम्परा, छल, शोषण, विकृत शिक्षाजस्ता विषयमा प्रस्तुत यी कविताहरू अ“ध्यारा दृश्यहरू देखाई अ“ध्याराबाट मुक्तिका लागि छटपटाइरहेका अनुभूति हुन् । कविभित्र रहेको सामाजिक मुक्तिको तीब्र चाहना विस्फोटक भावसम्प्रेषणका साथ यी कविताहरूमा प्रस्तुत भएको छ । आधुनिक भनिने संसारमा पनि मान्छेले दास बन्नु परेको, चेलीबेटी बेचबिखन भइरहेको, गरिबीले मान्छे पिल्सिइरहेको तथा का“चो मासु (यौवन)को किनबेच भइरहेको कटु यथार्थ हाम्रा सामु छ । यस्तो यथास्थिति र मानवसभ्यतामाथिको कलंकप्रति असन्तुष्ट कविको आवाज अनेक कवितामा पाइन्छ । ‘काठमाडौं’ शीर्षकको कविताको निम्नलिखित कवितांशले विकृति र वेदनाको एउटा सानो झा“की प्रस्तुत गर्दछ, जसबाट उक्त कुराको पुष्टि पनि हुन्छ ः
यो काठमाडौं
मान्छेलाई मात्र चिसो माया दिन्छ
सडकको पेटीमा खुलेआम जीवन किन्छ
ढ“ुडी छि“डीहरूमा गरिबी बा“ड्छ
नशामा चुर भएझैं गरेर
विवश चेलीको यौवन काढ्छ’ (पृ. ६०)
‘अराजक अक्षरहरू’का कविताहरूमा महŒव दिएर प्रस्तुत गरिएको एउटा पक्ष आदर्श र यथार्थबीचको डरलाग्दो विभेद हो । अहिले नेपाली समाजमा अत्यन्त कहालीलाग्दो गरी चिन्तन र चरित्रको संकट उत्पन्न भएको छ । कथन र करनीका बीचको असामञ्जस्यले सामाजिक आस्था टुक्राटुक्रा भएको छ । मार्गदर्शकहरू स्वार्थी बाटोमा एकोहोरो भेडोझैं लागिरहेछन् । आज नैतिक निष्ठामा आएको ह्रास र नेतृत्व वर्गमा देखा पर्ने कृतघ्नता नेपालको इतिहासमा नै सायद थियो होला ⁄ औषधीको नाम लिंदै बिष दि“दै गर्ने आजको अगुवावर्ग घिनलाग्दो रगरगाउ“दो कीरामा परिणत भएकोमा कवि विजय सुब्बा सर्वाधिक दुःखी र आक्रोशित देखिन्छन् । उनीभित्र यथास्थितिप्रति चरम असन्तुष्टि बढेको छ । त्यसैले यी कविताहरूमा क्रुद्ध कविको डरलाग्दो सिंहनाद सुन्न पाइन्छ । कविभित्रका असन्तुष्ट मनोवेगहरू असमेल भेल बनेर विद्रोह, आक्रोश र चरम भावुकतासाथ अभिव्यक्त भएका छन् ।
समाज र साहित्य एक अर्काका पूरक र सहयोगी हुन् । राजनीति समाजको एक विशिष्ट र शक्तिशाली पक्ष हो । त्यसैले समाजस“ग राजनीतिको प्रत्यक्ष र घनिष्ठ सम्बन्ध हुन्छ नै । व्यक्ति र साहित्य पनि समाजभित्रै हुने भएकाले साहित्यको सम्बन्ध पनि राजनीतिस“ग हुने नै भयो । राजनीति र साहित्यबीच सामञ्जस्य हु“दा मानवको विकासमा ठूलो सघाउ पुग्छ । तर वर्तमानमा साहित्य र राजनीतिबीच विरोधाभास देखिन्छ । नेपाली राजनीतिका अनेक हस्तीहरू साहित्यकार पनि छन् । तिनीहरूको साहित्य र राजनीतिमा त झनै बढी विरोधाभास पाइन्छ । तर कवि विजय सुब्बा झण्डै अपवाद जस्ता लाग्छन् । उनको जीवनचर्या र कविताबीच त्यस्तो डरलाग्दो विरोधाभास पाइन्न । उनको भोगाइ जस्तो छ र जस्ता अनुभवहरू उनले स“गालेका छन्, तिनलाई इमानदारीका साथ प्रस्तुत पनि गरेको देखिन्छ । त्यसैले उनका कविताले गर्ने विद्रोहमा केवल असन्तुष्टि मात्र नभई उत्तिकै यथार्थ पनि छ । उनी अराजक विद्रोहका कवि नभएर सुसंगत चिन्तनले डो¥याइएका र जिम्मेवारीबोधद्वारा निर्देशित कवि देखिन्छन् ।
यस कवितासंग्रहका कविताहरूले सर्वाधिक चिन्ता र चासो राखेको विषय नेपाली राजनीति, नेपाली जीवन र नेपाली राष्ट्रियता हुन् । कवि आफू वामपन्थी नेता हुन् । उनले वामपन्थीबीच रही काम गरेका छन् र तिनीहरूलाई राम्ररी चिनेका छन् । यतिखेर नेपाली वामपन्थ अत्यन्त अन्योलग्रस्त र विचलनमा फ“सेको अवस्था छ । वापन्थीहरूमा देखिएको घोर विचलनमाथि कवि अत्यन्त क्षुब्ध र रुष्ट देखिन्छन् र यी कवितामार्फत् काव्यात्मक आक्रमण गरेका छन् । उनी यी कवितामा जनताको मर्म बुझेर नेतृत्ववर्गमाथि जाइलागेका छन् । जनतालाई दास ठान्ने र कार्यकर्तालाई हनुमान् बनाउन चाहने कृतघ्न राजनेताहरूप्रतिको चरम आक्रोश र वितृष्णा ओजस्वी विद्रोहसाथ यसरी अभिव्यक्त भएको छ ः
हाम्रा का“धहरूलाई
सधैं भरिया नबनाओ भन्दा
तिमीहरूका लालची आ“खाहरूले
हाम्रा बाटाहरूमा
¥यालै¥याल नखन्याओ भन्दा
अराजक भन्छौ नि मलाई
भन, जति भने पनि भन
अब म अराजक हुन चाहन्छु ।
(अराजक अक्षरहरू, पृ. ३७)
यसैगरी जनतालाई भेडो बनाएर दास कार्यकर्ताका माध्यमबाट राज्यसंचालन गर्न चाहने राजनेताप्रति घोर आपत्ति जनाउ“दै चरम क्रुद्ध कवि यसरी कुर्लिएका छन् ः
तिमीले आची खुवाउ“दा पनि
गनायोसम्म बोल्न नसक्ने
अयोध्या जलाइरहेका
यस्तै हनुमान्का भरमा
कुनै नदी तर्नु छ भने
महाशयहरू ⁄ …
देश र जनता मर्नुभन्दा
झूठ राजनेताहरू चाहिं मरे हुन्छ ।
(हनुमान् र नेताहरू, पृ. ६८)
राजनीति गर्ने, पार्टीको सहारामा ठूलो पदमा पुग्ने अनि निजी महŒवाकांक्षा पूर्ति गर्न नपाउ“दा पार्टीमाथि दोष थुपारेर पार्टी फुटाई जनताको टाउकोमा दुर्भाग्य लाद्नेहरूप्रतिको आक्रोश प्रकट गर्दै कवि यस्तो लेख्छन् ः
मञ्चमा शहीद छाद्नेहरू
रगत पिएरै र रगत छाद्दा हुन् नि ⁄
यिनीहरू हामीलाई
न सास फेर्न दिन्छन्
न ढुक्कले आकाश हेर्न दिन्छन् ।
(यी सर्पहरू अर्थात् हरुवाहरू, पृ. ७७)
यसरी यथार्थबोध भएको छ र यथार्थबोधका कारण आस्था भड्ड भएको छ । त्यही आस्थाभड्डका कारण उत्पन्न कविमनोदशा यी कविताहरूमा प्रकट भएको छ । कवि यी कविताहरूमा नेता र यथास्थितिवादी व्यवस्थामाथि मात्रै क्रुद्ध छैनन्, साथमा दास मनोवृत्ति बोकेका बुद्धिजीवीहरूमाथि पनि क्रुद्ध देखि देखिन्छन् । हुन पनि नेपाल र नेपालीको दुर्भाग्यको एउटा ठूलो कारण दास बुद्धिजीवीहरू पनि हुन् । लोभलालच, डर अनि व्यक्तिगत महŒवाकांक्षाका कारण आफ्नो विवेक र धर्मलाई बलि चढाउने बुद्धिजीवीहरूकै आधिक्य नेपालमा छ । यी सचेत भएर पनि असचेत तथा बोध भएर पनि मूढ बनेका चीसा बुद्धिजीवीहरू सत्य बोल्नदेखि डराइरहेका देखिन्छन् । कवि चीसा जनताप्रति पनि असन्तुष्ट छन् । चाहिने आवश्यक कुरामा आन्दोलित नहुने तर नेता र पार्टीको स्वार्थमा बलि चढ्न तयार हुने चीसा जनता आफ्नो शक्ति चिन्दैनन्, आफ्नो गन्तव्य पनि पहिल्याउ“दैनन् र आफ्नो अधिकारका लागि आफैं सक्रिय पनि बन्दैनन् । अरूको मुख ताकेर बस्ने यी चीसा र लाछी जनताप्रतिको रोष पनि यी कवितामा पाइन्छ । त्यस्तै यस देशका पार्टीकार्यकर्ताको सचेतता र ढड्ड पनि निको छैन । नीतिमुखी नभई उनीहरू नेतामुखी छन् । नीतिका विरुद्ध जाने नेतालाई पनि उनीहरू आ“खा चिम्लेर समर्थन गर्छन् । कवि विजय सुब्बा यस्ता दास बुद्धिजीवी, चीसा जनता र हनुमान् कार्यकर्ताहरूप्रति असन्तुष्ट र क्षुब्ध देखिन्छन् । यस्ता बुद्धिजीवी र कार्यकर्तालाई उनले ‘यस जमातका नोकरहरू’ भन्ने संज्ञा दिएका छन् ।
हुन पनि अहिले नेपालका बुद्धिजीवीहरू अवसरजीवी भएका छन् । निर्भीक भई आफ्नो विवेकको प्रयोग गर्न हिचकिचाइरहेका यी बुद्धिजीवीहरू झन्डै दासकमैया जस्ता भएका छन् । गलत कुरा देखेर पनि बौद्धिक विरोध गर्न नतम्सने यी लाछी बुद्धिजीवीहरू आफ्नो चिन्तन समेत बेचिरहेका छन् । यसो भन्नुको अर्थ बुद्धिजीवीले पार्टीमा लाग्नु हु“दैन भन्न खोजिएको होइन । निश्चय नै बुद्धिजीवीले पनि पार्टीप्रति प्रतिबद्ध हुनु नराम्रो होइन किनकि जनता र राष्ट्रको विषय पार्टी र पार्टी नेताहरूको मात्र पेवा होइन, त्यसैले यसतर्फ बुद्धिजीवीले पनि चासो देखाउनै पर्छ तर बुद्धिजीवीले अन्धो भएर कुनै एक विचारको पूर्ण भरिया भई हिंड्नु ठीक हु“दैन । उसले कमैया बन्धनबाट मुक्त हुनैपर्छ । यदि ∏ पार्टीमै छ र पार्टी सदस्य नै हो भने पार्टीमा देखिएका गलत प्रवृत्ति, नेताहरूमा देखिएको नैतिक विचलन र खराब क्रियाकलापहरूका विरुद्ध बौद्धिक विरोध गर्नैपर्छ किनभने ∏ बुद्धिले अस्तित्ववान् बन्ने व्यक्ति हो, जसले बुद्धिको सदुपयोग गर्छ तर बुद्धिलाई बेच्दैन । निश्चय नै वर्गीय समाजमा कोही पनि वर्गभन्दा माथि हु“दैन । त्यसैले बुद्धिजीवी पनि वर्गीय हुनु स्वाभाविक नै हो तर वर्गीय हितकै लागि समर्पित हु“दा पनि उसले विवेकको बलि चढाउनु हु“दैन । यसको विपरीत नेपालका बुद्धिजीवीहरू हनुमान् र दास जस्ता भई जीहजुरीमा रमाइरहेका देखिन्छन् भन्ने आरोप कवि विजयले लगाएका छन् । उनी बुद्धिजीवीहरूको यस्तो दुर्दशाप्रति चिन्तित तथा आक्रोशित देखिन्छन् । त्यसैको जोसिलो र व्यंग्यप्रधान आलोचनात्मक अभिव्यक्ति ‘वर्तमान नोकरहरू’ शीर्षकको कवितामा यसरी गरेका छन् ः
तिमी लाटा
छिः
आनी स्वास्नी खोसिएको समेत
देख्दादेख्दै चुप लागिरहने
स“घारसम्मको कुरा गर्न सके त राम्रै हुन्थ्यो
आ“गन चियाउन समेत आदेश मागिरहने
यस जमानाका नोकरहरू ⁄ (पृ. ७४)
कवि विजय सुब्बा ‘अराजक अक्षरहरू’भित्रका कवितामा इमानदार देखिन्छन्, उनको नियतमा खोट पाइन्न । आफू बसेको पार्टीमा तथा आफ्ना आदर्श नेताहरूमा आएका विचलनहरू, खण्डित भएका आदर्शहरू, चरित्रमा आएको ह्रास र नैतिक संकट तथा क्रियाकलापहरूमा देखिएको अकर्मण्यता, धूर्तता जस्ता कुरा देख्दा कवि क्षुब्ध बनेका छन् । जनताको का“धमा चढी बार्दलीमा पुगेर जनतामाथि नै फोहोर फालिदिने नेतृत्व वर्गको कृतघ्नताई उनले प्रत्यक्ष अनुभव गरेका छन् । आफू राजनेता भए पनि र स्वयं आफूले बेइमानी र कृतघ्नता नगरेको भए पनि कविले अपराध भएको स्वीकार गर्दै क्षमा मागेका छन्, पश्चात्ताप गरेका छन् । यसो गरेर उनले आफूमार्फत् अपराधी नेतृत्व वर्गलाई चुनौती दिएको देखिन्छ । तिनीहरूले आफ्नो बाचा पूरा नगरेकोमा जनतासित क्षमा माग्नुपर्ने र आफूलाई अपराधी ठान्नुपर्ने पाठ घोकाउन खोजेको पाइन्छ । आफू नेता भएर पनि जनतालाई बिर्सन नसक्नु विजय सुब्बाको राम्रो पक्ष देखिन्छ ।
यस कवितासंग्रहमा विजय सुब्बा जोसिला कविका रूपमा प्रस्तुत भएका छन् । युवा जोश र सचेत होसको सार्थक संयोजन यी कविताहरूलाई प्राप्त छ । यी कविताहरू पढ्दा पाठक बारम्बार जोसिइरहन्छ, उत्तेजित भइरहन्छ । वीररसले ओतप्रोत यी कविता उम्लिरहेको तातो रगतले निकास नपाउ“दाको छटपटीका रूपमा व्यक्त भएका छन् । कविमा राष्ट्रको सुनौलो रूप हेर्न तीब्र इच्छा छ । प्रगतिशील सामाजिक रूपान्तरणद्वारा त्यस्तो रूप हेर्न सकिन्छ भन्ने विश्वासमा उनले राजनीतिमा हाम फालेका छन् । तर यतिका वर्ष राजनीतिमा सक्रिय ह“ुदा पनि उनले त्यस रूपको छनकसम्म पाउन सकेनन् । यसबाट उनीभित्र ऐठन बढेको छ । सोही ऐठनलाई उनले काव्यात्मक वाणी दिएका छन् । यी कविताहरूमा प्रकट भएका असन्तुष्टि, आक्रोश, वितृष्णा र कतैकतैको अराजकतासमेत सोही ऐठनको काव्यात्मक परिणति हुन् । हुन पनि नेपालमा प्रजातान्त्रिक, समाजवादी र साम्यवादीहरूले समेत राज्यसंचालन गरिसकेका छन् । तर नेपाल र नेपालीको जीवनमा कुनै सुन्दर रूपान्तरण भएको छैन । उल्टै व्यक्तिवादी प्रवृत्ति हावी भएको छ । कविले धेरै कवितामा यस्तो परिस्थितिको विरोध गरेका छन् । विरोधमा प्रशस्त व्यंग्यचेतना छ । ‘किन गाली गर्नु जड्डबहादुरलाई’, ‘पटमूर्ख लिम्बुवान र पेरु’, ‘सगरमाथा र बाबुछिरी शेर्पाहरू’ जस्ता कविताहरूमा यस्तो बोध र व्यंग्य पाइन्छ । उदाहरणका रूपमा ‘सगरमाथा र बाबुछिरी शेर्पाहरू’को यो अंश प्रस्तुत छ ः
तर इस् बाबुछिरी ⁄ तंैले के नापिस् र ?
तैंले शेर्पापरिचय नपाएर
सत्र सत्र घण्टा लगाएर
सगरमाथा कुल्चे पनि
तेरो सोलुले काठमाडौं देख्न पायो ? (पृ. ७९)
विजय सुब्बाका कवितामा सघन भाव, जोसिलो विद्रोह र परिपक्व विचार मात्रै छैनन्, साथमा विधागत र कलात्मक मौलिकता पनि प्रशस्तै छ । यी कविताहरूमा कविले बिम्ब, प्रतीक, रूपकादि अलंकार र ध्वन्यात्मकताको विशिष्ट उपयोग गरेको पाइन्छ । कवितालाई बिम्बात्मक, प्रभावशाली र सम्प्रेषणीय पार्न पूर्वीय तथा पाश्चात्य जगत्का प्राचीन बिम्बदेखि वर्तमानका नवीन बिम्बहरूको उपयोग गरिएको छ । ‘मुरलीवादक र मुसाहरू’ पाश्चात्यका प्राचीन बिम्ब हुन् भने ‘राम, कृष्ण’ आदि पूर्वका प्राचीन बिम्ब हुन् । प्राकृतिक बिम्ब पनि यसमा प्रस्तुत छन् जसमा प्रकृतिको मानवीकरण गरिएको छ, साथै राष्ट्रियताप्रतिको अनुराग पनि पाइन्छ । यसैगरी कविताहरूमा नेपाली इतिहासका वीरपुरुषहरूका बिम्ब र प्रतीक पनि छन् । ‘सपनाका लासहरू, अराजक अक्षरहरू, मलाई माफ गर धनबहादुर, यथार्थ, मुखिया’ लगायतका अनेक कविताहरूमा यस्ता बिम्ब र प्रतीकहरूको भरमार उपस्थिति पाइन्छ । ‘अराजक अक्षरहरू’मा प्रस्तुत बिम्बात्मक–प्रतीकात्मक प्रस्तुतिको निम्नलिखित अंश यसका उदाहरणमध्ये एक हो ः
अहिलेसम्म
हामी फगत मुसा भयौं,
हेमलिन शहरका तिमी
बा“सुरी बादकपछाडि
एकोहोरो भएर नदीमा डुब्यौं
हाम्रो दुःखान्त अन्त्य सुनाउने
एउटा मुसा समेत बचेनौं
…………..
तिम्रो बा“सुरी धुनविरुद्ध एउटा मुसो उब्रन चाहन्छु (पृ. ४५)
‘अराजक अक्षरहरू’भित्रका कविताहरूमा एकसरो दृष्टि दि“दा सामान्य पाठकले प्राप्त गर्ने प्रभाव भनेका यिनै हुन् । यी कवितामा पाठकले सामाजिक तथा राजनीतिक यथार्थको बोध गर्छ, राष्ट्रियताप्रतिको संवेदनशीलता भेट्छ, नेतृत्व वर्गको कृतघ्नताप्रतिको आक्रोश पाउ“छ, विकृतिविसंगतिप्रतिको असन्तुष्टि फेला पर्छ, यथास्थितिप्रतिको कविको असहमति र व्यंग्य प्राप्त गर्छ तथा जीवनप्रतिको अनुराग, स्वतन्त्रताप्रतिको मोह र सामाजिक न्यायका पक्षमा वकालत भेट्छ । कविले न्यायपूर्ण सामाजिक मुक्तिका भाव व्यक्त गरेकोमा असल पाठक सन्तुष्ट पनि हुन्छ । त्यसैले यी कविताहरूमा कविकोे आत्मा बोलेको छ, कविको साहस र संवेदना पोखिएको छ । कविताको प्रतिष्ठा बढाउनमा यी कविताले सघाउ नै पु¥याउने देखिन्छ । केही कविताहरूलाई छाडेर अधिकांश कविताको काव्यात्मक स्तर उच्च छ । यी कवितामा गीतकार तथा गजलकार विजय सुब्बाको छाया पनि देख्न सकिन्छ ।
कवितासृष्टिको क्रममा स्रष्टा विचारमग्न भन्दा पनि भावमग्न र सृजनामग्न बनेको हुन्छ । ∏ त्यतिखेर शास्त्रज्ञानको स्मरणमा भन्दा कल्पनामा मग्न बनेको हुन्छ । कविताको सिर्जनाप्रक्रिया एक किसिमले प्रसवावस्था जस्तै जटिल हुन्छ । कवि सन्तानप्राप्तिको मीठो संगीत र सृजनाप्रक्रियाको पीडाको द्वन्दमा हुन्छ । मनोवेगका उच्छाल तरड्डहरू सोही सशक्ततासाथ व्यक्त गर्न नसक्दा तथा सकेसम्म सहजै र सुविधासाथ सृजना गर्न नसक्दा स्रष्टाले प्रसवपीडा भोग्छ । त्यतिखेर उसको ध्यान यस्तो यस्तो नियम मिल्ने सन्तान (सृर्जना) जन्मिए हुन्थ्यो भन्ने कुरामा हु“दैन बरु सहजै जन्मिए हुन्थ्यो भन्ने तीब्र इच्छा हुन्छ । निश्चय नै जन्मिने सन्तान सग्लो, स्वरूपयुक्त, स्वास्थ्य र सुन्दर होस् भन्ने चाहना पनि त्यहा“ हुन्छ तर स्रष्टा त्यतिखेर शास्त्रीय नियमतर्फ केन्द्रित हु“दैन । यही कारण हो कि उसका सबै रचना समान रूपमा कलमी गरिएका हु“दैनन् । बरु जन्मिसकेपछि कविताको परिष्कार, परिमार्जन गर्न उसले शास्त्रीयताको सहारा लिन सक्छ, लिन्छ पनि । अझ बढी सचेत स्रष्टाले त प्रकाशन गर्नअघि पाठक तथा विज्ञहरूलाई रचना देखाएर परिष्कार गर्ने गर्छ । यस कुरामा चाहिं विजय सुब्बा केही पछि परेको अनुभव हुन्छ । त्यसैले उनका यी कविताहरू पढ्दा सामान्य पाठकलाई कतै कतै खट्किरहन्छ । हुन पनि यी कविताहरूलाई अझै कलमी गर्न सकिने सम्भावना थियो । कतै कतै दखिने अमूर्तता र अस्पष्टतालाई मूर्तता र स्पष्टता दिन सकिन्थ्यो ।
प्रगतिवादी स्रष्टाले यथार्थबोध गर्छ, यथार्थका ऐतिहासिक तथा सामाजिक कारणहरूको खोजी गर्छ र समाजका नकरात्मक यथास्थितिबाट मुक्तिका लागि भाव तथा विचारको संप्रेषण गर्छ । यति मात्रै नभई उसले मुक्तिका बाटा र प्रक्रियाहरू समेतको संकेत गर्छ । अन्य स्रष्टा र प्रगातिवादी स्रष्टाबीचको मूल भिन्नता यही हो । यसरी बेग्लिने धर्म निर्वाह गर्दा प्रगतिवादी स्रष्टाले केही फुक्ने र केही खुम्चिने बाध्यता भोग्नुपर्ने हुन्छ । केही ठाउ“मा उसले आफ्ना उत्तेजनाहरूलाई दबाउनुपर्ने हुन्छ र केही ठाउ“मा विचारलाई माझ्नु पर्ने हुन्छ, केही ठाउ“मा भावमा परिष्कार गर्नुपर्ने हुन्छ र पटक पटक आत्ममूल्याड्ढन, आत्मआलोचना र आत्मसमीक्षा गरिरहनुपर्ने हुन्छ । भावप्रबल कविका लागि यस्तो प्रक्रिया कठिन मात्र हु“दैन, जटिल र अप्रिय पनि हुन्छ । तर सामाजिक कर्तव्यका लागि उसले आफ्ना कमजोरीहरू त्याग्नै पर्ने हुन्छ । ∏ सामन्य स्रष्टासरह असरल्ल भई भावनामा बग्न पाउन्न । यस कष्टप्रद तर आवश्यक प्रक्रियाको पालन गर्दा नगर्दा प्रगतिवादी स्रष्टाले आलोचित बन्नुपर्ने हुन्छ । विजय सुब्बाका केही कविताहरू यसै तात्पर्यमा आलोच्य छन्, हुनेछन् पनि । यहा“ कविले समाजका सकारात्मक पक्ष, प्राप्ति र सुन्दर यथार्थलाई पूरै बिर्सिदिएकोमा आलोचना हुनसक्छ, प्रगतिशील कविले नैराश्य र कुण्ठा प्रस्तुत गरेकोमा आलोचना हुन सक्छ, बिम्ब र प्रतीकको प्रयोगमा कतैकतै देखिने असचेतताका लागि आलोचना हुनसक्छ, राजनीतिप्रति घृणा प्रस्तुत गर्दा भावनामा बगेर भएको विचलनका लागि आलोचना हुनसक्छ, विसंगतिबोधको तीब्रताका क्रममा विसंगतरूपमै प्रस्तुत भएका केही कवितांशका लागि पनि आलोचना हुनसक्छ । खासगरी, कलम, राजनीति, हनुमान् र नेताहरू, समयको समयस“ग, मानिसको हत्या गरिरहेछ, पटमूर्ख लिम्बुवान र पेरु जस्ता कविताहरूमा आलोचना हुनसक्छ । यी कविताहरूलाई आधार मानेर कविको वैचारिक प्रतिबद्धता ढलपलाएको आरोप लाग्न पनि सक्छ । तर यहा“ आलोच्य पक्षको संकेत मात्र गरियो, विवेचना गरिएन ।
समग्रमा भन्नुपर्दा ‘अराजक अक्षरहरू’ का कविताहरू आलोच्यभन्दा प्रशंस्य नै बढी छन् । समसामयिक नेपालका दुखात्मक पीडाजन्य पक्षहरूलाई यिनले राम्ररी आत्मसात् गरेका छन् । मानवजीवनका जिजीविषा र यथार्थ बीचको अन्तरलाई यी कविताले राम्ररी पहिल्याएका छन् । हरेक पक्षको आफ्नै शैली र प्रवृत्ति हुन्छ र त्यो त्यसैमा सुहाउ“छ । राजनेताले राजनीतिमै बोलेको सुहाउ“छ भने कविले कवितामै बोलेको सुहाउ“छ । विजयले कविता लेखेका छन् र कवितामा बोलेका छन् । उनले कवितामा पूरै राजनीति ल्याएनन् भनेर गुनासो गर्नु जरुरी छैन । कविताले सामाजिक क्रान्ति सम्पन्न गर्ने होइन, सामाजिक क्रान्तिका लागि सम्प्रेषणसम्म गर्ने हो र त्यो सम्प्रेषण यी कविताले गर्छन् । वैचारिक तहको माथ्लो विश्लेषण गर्ने सामथ्र्य भएको पाठक स्वयं नै सचेत हुन्छ उसलाई कविताले मात्रै दिशाबोध गराउने होइन । कविताले क्रान्तिको महŒव बुझाउन सक्छ, पाठकलाई क्रान्तितर्फ उत्साहित पार्न सक्छ, क्रान्तिमा संलग्न गराउन प्रेरित गर्न सक्छ तर क्रान्ति सम्पन्न गर्न सक्दैन । संगठन र सामूहिक सचेत प्रयत्नले मात्र क्रान्ति सम्पन्न हुने हो । त्यसैले विजय सुब्बाका यी कविताहरू नेपाली कविताका थप प्राप्ति हुन् जसको प्रशंसा गरिनुपर्छ र यस साहित्यक योगदानका निम्ति विजय सुब्बालाई साधुवाद दिनुपर्छ । यी कविताहरू ‘अराजक अक्षरहरूका राजक अभिव्यक्ति’ नै हुन् ।
(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )