सधैंं झैं आजकाल
झनै उदास
नीरशताले लुटेको खुशी
समयले लुटेको आशा
वर्षौ–वर्षदेखिका
सपना र विपना ताजै छ ।
सभ्यता खोज्दै जाँदा
अहंकारले थिच्दैछ
मानवता र सृष्टचारलाई
संस्कृति खोज्दै जाँदा
अराजकताले थिच्दैछ
भावना र सजीवतालाई ।
खै मौलिकता ?
खै गौरवता ?
प्रसंगमा प्रश्नहरू अप्रासङ्गीक हुन्छ ।
म उस्तै छु
लाज लाग्दो अनुहारमा
गतिहीन दिशाहीन
तर अरु
अनुहार र विलासीताको प्रतिस्प्रर्धामा
उमंगशील र प्राप्तिशील छन् ।
खै समानता ?
खै एकरूपता ?
प्रसंगमा प्रश्नहरू अप्रासंङ्गीक हुन्छ ।
हाँस्नु र हाँस्नेहरूदेखि
बाच्नु र बाच्नेहरूदेखि
फाटि सकेको छु
जीवन त हो
मृत्यु लाई कहिले अगाल्छ
सृष्टिको यो नियमलाई
न त स्वीकार न त धिक्कार ।
– आकाश ( कोलोराडो, अमेरिका)
January 27th 2007
(स्रोत : Dcnepal.com)