~सकु थापा~
दिन सुनसान छ, अनि रातपनि त्यस्तै चकमन्नै । बाहिर कतैकतै कुकुरहरूको एकोहोरा कर्राई मात्र सुनिन्छ। मानिसहरूको हर्कत कहीकतै भेटिदैन् केवल सुरक्षाकर्मीहरूको गाडीको हुँइक्याइको आवाज बाहेक । शून्यशून्य लाग्छ सबै कुराहरू। बाहिर जति सुनसान भएपनि त्यसको ठीक विपरित मेरो कोठा उनको असैहृय वेदनापूर्ण चिच्चाहटले अशान्त बन्न पुगेको छ । उनको डेलिभरीको मिति नजिकिदै आएको छ । स्वास्थ्यमा आएको गडबढीले उव्जेको पीडा हुन सक्छ यो। एकातर्फ उनी पीडाले छट्पर्टाई रहेकी छिन् भने म उनको पीडामा आत्तिएको छु।
समय रातको दस बजिसकेको हुन्छ । नजिक फोन सुविधा नहुनु तथा फोन सेवा उपलव्ध गराउने पसलहरूपनि कफ्यूले गर्दा बन्दै रहनु त्यसमा पनि आधा रात भइसकेको । उनको पीडादायी अवस्थाले आत्तिएको मन केही सोच्नै सकेको हुँदैन । कुनै पनि हालतमा मैले उनलाई अस्पताल पुर्याउनै पर्छ, नत्र भने जेपनि हुनसक्छ । कर्फ्र्यूको अवस्थामा अत्यावश्यक कामले बाहिर निस्कनै पर्ने भएमा नजिकको सुरक्षा कर्मी वा शिविरमा समन्वय गरेर मात्र निस्कनु भन्ने सूचनाले मेरो मानसपटलाई घच्घचायो । अन्तिम उपाय पनि त्यही थियो मेरो लागि त्यसबेला । उनीलाई पीडा मुक्त गर्न जतिसक्दो छिटो अस्पताल पुर्याउनु थियो । एम्बुलेन्स बोलाउन सुरक्षाकर्मीको सहयोगमा मात्र संभव हुने देखेर म सुरक्षा शिविर्रतर्फ पाइला बढाउँछु । रात पूणिर्माकै थियो, केही परसम्म मानव आकृतिहरू प्रष्ट देख्न सकिन्थ्यो । मेरो हर्कतलाई सुरक्षा शिविरमा कार्यरत सुरक्षाकर्मीले देखेर होला मलाई “अट् …..१ ” भन्ने शव्द पुकारेको सुन्छु । एकछिन उभिन्छु, तर पत्नीको पीडादायी छट्पटाहटको अवस्था देखेका नजर र वेदनापूर्ण चिच्चाहट सुनेका कान उभिरहनै दिँदैन त्यहाँ, जसरी भएपनि आफ्नो बाधा फुकाउन सुरक्षा शिविर भित्र प्रतिवेदन गर्न पुग्नु नै छ । त्यसैले म नरोकि अगाडि बढ्छु । ढ्याङको आवाजसँगै म भूइँमा लड्न पुगेर छट्पटाउन थालिसकोछु । उता मेरी पत्नी पनि छट्पाई नै रहेको होली तर मलाई यता के भयो ? म त बेहोस भइसकेछु । त्यो कर्फ्र्यूलागेको रातमा ।
भक्तपुर ।
November 10th, 2005
(स्रोत : HkNepal.com)