~महेन्द्र बिक्रम कुंवर~
स्वार्थी मात्र हैन तिमी सहयोगी बन्न सिक्
एक अर्काको दुखमा पिडाहरु भुझ्न सिक्
संघर्षा गर्न सिक तिमी परी श्रमी बन्न सिक्
सुखमा मात्र हैन दुखमा हासेर बाच्न सिक
=१=
हातमा हात राखी हात्तेमालो गर्न सिक्
हांसोमा हैन तिमी आंसुमा नाच्न सिक्
पिंडा भित्रको भित्र पसी तिमी हास्न सिक्
रोएर हैन तिमी सदा हासेर बाच्न सिक्
=२=
संसार कस्तो छ भित्र पसी चिन्न सिक्
समाज कस्तो छ उनीसंग भिज्न सिक्
कुकर्म हैन तिमी सुकर्म गर्न सिक्
सुखमा हैन तिमी दुखमा हासेर बाच्न सिक्
(स्रोत : ANEWA