कार्यक्रम धुमधामसाथ चलिरहेको छ । कान्छी बुहारी अस्तिमात्र भित्रिएकी छन् । अब बाँकी छ भोजभतेरको काम । व्यापक तयारी छ यसका लागि । यसअघि तीन छोराको बिहे यसैगरी सम्पन्न गरिसकेका थिए उनले । बिहे गर्न बाँकी एउटै कान्छा छोराका लागि किन कन्जुस्याइँ गर्नु थियो र उनी यसो गर्थे । छोरी अर्काको थुपार्नु मात्र थियो, आˆनु एउटै पनि कतै कसैलाई दिनु थिएन ।
सार्वजनिक यातायात चल्ने सुविधाप्राप्त ठाउँमा पनि आठ/दस किलोमिटर बाटो पैदलै हिँड्न रुचाउने उनलाई पैसाको भने कत्ति पनि खाँचो थिएन । उनको काम-कारबाही र फुर्सद देख्दा लाग्थ्यो छोरा पाउनेबाहेक उनले अरू कुनै पेसा, व्यवसाय अँगालेका वा उद्योग सञ्चालन गरेका पनि छैनन् । कुन बाटो कसरी कतिखेर पस्छ थाहा छैन तर सम्पत्तिको विशाल समुद्र पन्छाउनै नसक्नेगरी सदासर्वदा उनको घरमा पसेको पस्यै हुन्छ । यो कुरा उनले भनिरहन पर्दैन । उनको हाउभाउ, गतिविधि, चालचलन र अन्य व्यवहारबाट सबै आँकलन गर्न सकिन्छ ।
सहरभरि उनको छुट्टै किसिमको रोवरवाफ छ । यस्तो देख्ता लाग्छ, चौबीस घन्टाको दिनरातमा कमसेकम आठ/दस घन्टा उनकै मात्र घरमा बास बस्छिन् सबैकी आराध्य धनधान्यकी देवी लक्ष्मी । यो बसाइबापत उनले दुवै मु्ठ्ठी खोलेर भाडा तिरेकी छन् यी कुवेरमानलाई । यदि यस्तो होइन भने उनको अरू कुनै अदृश्य कारोबार हुनुपर्छ सहरमा । जसले उनलाई जे छोयो त्यही सम्पत्ति बनाइदिन्छ र उनी यतिविधि धनाढ्य भएका छन् । तर, जेहोस् सरकारबाहेक यो अरूको चासोको विषय रहेन ।
ंं
मुलुकको प्रचलित कानुनको खिल्ली उडाएर थुपि्रएका छन् बिहेका निम्तारू । बोलाउनेले नै कानुन मिचेपछि आउनेले मिच्नु कुन ठूलो कुरो भयो र ? उपस्थितिको कुनै हिसाबकिताब छैन। उन्मुक्त छ वातावरण । खानपानको पूरै जिम्मा लिएका पार्टी प्यालेसका पौरखी सञ्चालक प्यालेस स्थापनापछिको इतिहासमै यति भ्याइनभ्याइ भएर खटिइरहेका छन् ।
यति व्यस्तताको खटाइमा पनि उनी दङ्ग परेर मनमनै यस्तो सोचिरहेका छन्- यो बिहेमा आउने सबैलाई खुवाइपियाइ गरेर राम्रोसँग पार लगाउन सके वर्ष दिनसम्म त आरामले खान पुग्छ मलाई । हुन पनि कार्यक्रममा आउनेहरू यतिविधि ओइरिएका छन् कि त्यत्रो भीड त सबैलाई सबैथोक गरिदिन्छु भनेर भरखर चुनाव जितेर आएको राजनीतिक नेताकहाँ पनि हुँदैन, अरूका के कुरा । बिहेमा आउनेको यो भीड देख्ता लाग्छ, सहरका कुनै पनि घरमा घर कुर्नेसम्म मान्छे छैनन् यतिखेर । सबै यहीँ उपस्थित भएका छन्, कुवेरमानको कान्छा छोराको बिहेभोजको निम्ता मान्न ।
खानपिनमा कसैलाई कुनै किसिमको बन्देज छैन । न केही रोकावट छ, न कुनै छोइछिटो । जसले जहाँबाट जे चिज जतिखेर जति सक्छ जसरी झिकेर खाए पनि हुन्छ । ठोस खाउ कि पेय । चिसो खाउ कि तातो । विदेशी खाउ कि स्वदेशी । काँचो खाउ कि पाको । शाकाहारी खाउ कि मांशाहारी । मिठाइ खाउ कि अरूथोक । सबै खुला छ । रोजीरोजी छ खुवाइपियाइ ।
भोजभतेरकै दिन भए पनि बेलाबेलामा ब्यान्ड बाजा घन्किरहेछ । कतिखेर क्यासेटका गानाबजानाले यिनलाई पालो दिइरहेका हुन्छन्, कतिखेर नाचगानले । पूरा वातावरण सङ्गीतमय छ । रोमाञ्चक छ । खाने खाइरहेछन्, नाच्ने नाचिरहेछन् । कोही पूर्वपश्चिम, देशविदेश सबै जोडेर गफिइरहेछन्, कोही मात्रा बढी भएर रन्थनिइरहेछन् ।
कुन्नि के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेभै”m कोही सेता नेप्किनले छोपेका गिलास हातमा उठाएर पश्चिमी शैलीमा ठाड्ठाडै छाती जुधाएर आलिङ्गनमा व्यस्त छन् । कसैलाई कसैको पर्वाह छैन । अरूथोक त के कुरा खानपिन, हाउभाउ, लुगा लवाइ वा अरू कुनै कुराले कतिपय निम्तारू त ‘को भाले ?’ ‘को पोथी ?’ झ्वाट्ट छुट्याउन पनि गाह्रो छ ।
कान्छा छोराको बिहे । निकै प्रफुल्ल छन् कुवेरमान । कहीँ, कतै, कुनै कुरामा कन्जुस्याइँ देखाएका छैनन् । हप्तामा दुई गाग्री पानी थाप्न हानाथाप गर्नुपर्ने सहरमा आयोजित कुवेरमानको यस भोजमा ड्रमका ड्रम खपत भए पनि फरक नपर्नेगरी बोतलबन्द विदेशी पेय तैनाथ छन् ।
कतिपय निम्तारू घरमा पानी पिउन नपाएको प्यास यिनै बोतलबन्द रसिला विदेशी पेयबाट मेटाइरहेका देखिन्छन् । कोही लुकेर पिइरहेछन्, कोही ढुकेर । कोही देखिएर पिइरहेछन्, कोही छेकिएर । अर्काको पाए चार पाथी चुक खाने नेपाली उखानलाई चरितार्थ पारिरहेछन् अधिकांश निम्तारू ।
भोज निकै राम्रोसँग जमेको छ । नपुग्दो केही छैन । खानपिनको जिम्मा पार्टी प्यालेसलाई दिए पनि यसमा कुनै किसिमको कमीकमजोरी नहोस् भन्नेमा निकै सजग छन् कुवेरमान । उनकै सिफारिसमा कतै खसी ढलिरहेछन्, कतै बँदेल । कतै कुखुरा भुत्लिइरहेछन्, कतै बट्टाई । कतै ताजा माछाका परिकार थपिएका छन्, कतै अन्य खानेकुरा । सबैमा उत्तिकै धुइरो छ खानेहरूको ।
सक्दो खानका लागि निम्तारुलाई आत्मैदेखि आपै”m उक्साइरहेछन् कुवेरमान । आˆना बाबुको अनुत्पादक नै भए पनि यस किसिमको पे्रमपूर्ण दाइँप्रति निकै सन्तुष्ट देखिन्छन् दुलहा । र त, कहिलेकाहीँ खुसुक्क अरूका आँखा छलेर उनी आˆनो नवविवाहित दुलहीलाई कुहिनाले घुचुक्क घुच्चा हान्छन् र आˆनो वैभवप्रति गौरवपूर्ण सङ्केत गर्छन् ।
शिशिर ऋतुको पहिलो महिना । साँझपखको भोज । हिउँ झरिहाल्न सकेको छैन । तथापि, मौसम हिउँलाई निम्ता गर्न तम्तयार भएभै”m देखिन्छ । हिमाली भेकतिर भए सडक र मानव बस्ती जहीँतहीँ बास बस्न आइसक्थे यत्तिको अनुकूलतामा ती हिउँहरू । तर, त्यस्तो आँट तिनले अझसम्म गर्न भ्याएका छैनन् यतिखेर यहाँ ।
कुवेरमान अघिदेखि नै भोजमा उपलब्ध एकखाले दृश्यले निकै झक्झकाइरहेछन् । यस्ता दृश्यले उनका मनमा निकै खुल्दुली मच्चाइरहेछ । खुट्टा भुइँमै भएर पनि कताकता भुइँमा टेकिएकै छैनभै”m भइरहेछ उनलाई। किनकिन मनमनै फुरुङ छन्। तैपनि कसैलाई केही भन्न सकेका छैनन् । आपै”mमा सीमित छन् उनी। कुरो पनि अनुभूत गर्नेजस्तो मात्र थियो, छ्वास्स अरूलाई भनिहाल्नेखालको थिएन ।
कुरो आधुनिक फेसनका थिए, त्यो पनि बिहेमा आएका निम्तारू महिलाको । कोही जूनेली रातमा देखिने केराका कलिला थम्बालाई बिर्साउनेगरी सुलुक्क परेका नाङ्गा पिँडुलामा देखिन्थे भने कोही अर्धनग्न जिउमा । गोडामा लुगा लगाउन भुलेजस्ता देखिनेमा बढी युवती थिए ।
आधुनिक जमानाका कम उमेरका युवतीलाई यस्ता कुरा सामान्य लाग्थ्यो । समय नबुझेका कुवेरमानजस्ता वृद्धलाई यो पचिरहेको थिएन वा यस्ता दृश्यले उनलाई अरू कामको एकाग्रताबाट विमुख गराइरहेको थियो उनै जानून् । तर, उनी पलपलमा यिनै दृश्यतिर बढी आँखा लगाइरहन्थे ।
अर्काथरि थिए जिउमा लुगा लगाउन भुलेजस्ता देखिने निम्तारू महिला । भोजमा यस्ताहरूकै बाहुल्य थियो महिला समूहमा । त्यस्तो जाडोमा यस्ता पहिरन देख्ता लाग्थ्यो, यिनीहरूको जाडो पनि पक्कै बाख्राले नै खाइरहेको छ । होइन भने चिसोको यस्तो तानाशाहीमा पनि उनीहरूमा जाडोको कुनै पर्वाह देखिँदैन ।
कम्मरमाथिको अर्धनग्न जिउ देखाएर पल्याकपुलुक फर्याकफुरुक गरेर यताउति कुद्नमै व्यस्त देखिन्छन् यिनीहरू । पटकपटक अर्काले हेरेकोमा यिनलाई खासै मतलब छैन, बरु नहेरेकोमा चित्त दुखाइ भएजस्तो देखिन्छ ।
कसैले नहेरिदिँदा उनमा अनेक किसिमको तर्कना पैदा हुन्छ । कतै म चाहेजति आकर्षक पो भइन् कि ? पहिरनमा कतै कुनै त्रुटि पो छ कि ? लगाइएका गरगहना नराम्रा र पुराना मोडलका भए वा लवाइसँग पो सुहाएन कि ? हो, अरूले नहेरिदिँदा यस्तैयस्तै मनोविज्ञानले सताइएभै”m देखिन्छन् तिनीहरू ।
हुन पनि तिनको लवाइ अचम्मकै छ । शिशिर ऋतुको यस्तो चिसो महिना । लुगलुग जिउ कमाउने जाडो । उनीहरूलाई त्यसको कुनै पर्वाह छैन । सुन, चाँदी, हीरा, मोती कहाँ-कहाँ के-के सुहाउँछ त्यसैमा सकेसम्म सजिएका छन् । लुगा लगाउँदा ती सबै छोपिने डरले यसरी नाङ्गिएभै”m लाग्छन् उनीहरू । गहना लगाएर लुगाले झपक्क छोप्ने हो भने यसरी लगाउनु र नलगाउनुमा खास अन्तर पनि के नै हुन्छ र ?
गहना लगाउनुको तात्पर्य आफू राम्रो हुनुमात्र होइन, अरूलाई देखाउनु पनि हो । कोभन्दा को कम ? भनेर सबैसँग नारिनु हो । प्रतिस्पर्धामा उत्रिनु हो । अघोषित रूपमा आˆनो औकात प्रदर्शन गर्नु हो । अझ योभन्दा पनि बढी त उनीहरूतिर पछारिने लोभी आँखाहरूलाई थिलथिलो पारेर मुकुर्याउनु हो ।
लोभी आँखाहरूका यी कुरा तिनले राम्ररी बुझेका छन् । गोलीगाँठा छोप्ने धोती र कान छोप्ने पछ्यौराका दृश्यमा अल्भिmआएका कुवेरमानलाई तिनका यस्ता भित्री अक्किल र मनोविज्ञानका कुरा के थाहा ? समाज कहाँबाट कहाँ पुगिसक्यो ÛÛ
कोही बालुवामा फलेका ताजा खरबुजाजस्ता अबोध वक्षलाई निबुवा छोप्नेजत्रा टालाले कसेर टाइँफाइँ देखाइरहेछन् भने कोही बडो सकससाथ अन्डाकारमा उत्रिएका छन् । कोही अल्छीमा ‘हा…ई’ गर्दाको मुखाकारका नाइटो देखाएर दङ्ग परिरहेछन् । कोही छातीको भित्री अङ्कुसे थुनेटोपीभन्दा बाहिरको लुगा सङ्ग्य्राएर सजिएका छन् ।
कतिपयका वक्षले स्वतन्त्रताका लागि आन्दोलन गर्न खोजिरहेभै”m लाग्छ । त्यसैले ती बेलाबेलामा निसास्सिएर बाहिरी संसार चियाउन तँछाडमछाड गर्दै तम्सिरहेका हुन्छन् । अथवा त्यतिसम्म स्वतन्त्रता तिनलाई दिइएको पनि हुन सक्छ ।
जेहोस्, जाडोको यस्तो निरङ्कुशतामा यिनलाई तोलाका लागि खोला बगाएका गहनाले तताएभै”m लाग्छ । चिसोको पर्वाह नगरी यसरी नाङ्गिएर थरिथरिका गरगहना प्रदर्शन गर्नुले बजार जतिसुकै महँगो भए पनि हामी नलगाई छाड्दैनौँ भनेर हाँक दिएजस्तो लाग्छ । नत्र अन्न र पानीको शरीर न हो, जाडो कसलाई पो हुँदैन र ? प्रकृति मान्छे त होइन नि Û आˆना र अर्कालाई भेदभाव गर्न । पक्षपात गर्न । उसका लागि सबै बराबर । सबै समान ।
समयले चौथाइ रात निलिसके पनि भोज सकिएको छैन । पलपलमा जाडो थपिँदो छ । निम्तारू आउने क्रम अझै जारी छ । एकपछि अर्को र अर्कोपछि फेरि अर्को गरी आउनेहरू सबैले अगाडिका फेसनलाई फिक्का पार्दै गइरहेछन् । रातको बत्तीमा भएर हो वा किन हो ? कुवेरमानका आँखा झन्झन् चम्किरहेछन्, निकै टाढाबाट सिकारको खोजी गर्ने गिद्धका आँखाभै”m ।
यस्तैमा आउँदै गरेकी एउटी निम्तारू महिलालाई देखेर कुवेरमानले हेर्दाहेर्दै आˆनु आँखा मिचे । फेरि उघारे, फेरि मिचे । यो क्रम दुई/चारपटक नै दोहोरियो । अनि, मनमनै उनले एउटा निक्र्योल निकाले, उनका आँखामा अहिलेसम्म कुनै भ्रम छैन । उनले जे देखेका छन्, सही देखेका छन् ।
चालकले इज्जतसाथ ढोका खोलिदियो । आउँदै गरेकी ती निम्तारू महिला बडा सजग भएर निर्धक्कसाथ गाडीबाट ओर्लिन् । ठमठम अगाडि बढिन् । सरासर आएर कुवेरमानसँग हात मिलाइन् । अँगालोमा बाँधिएर बधाइ दिइन् । गालामा चुम्बनको स्पर्श गरेजस्तो पनि देखियो । फटाफट फेरि अगाडि बढिन् । नवदम्पतीसँग हात मिलाउँदै बधाइ र शुभकामना एकैसाथ दिइन् । कुवेरमानलाई भै”m अँगालोमा एकछिन बाँध्न पनि भ्याइन् तिनले ।
यी नवागन्तुक निम्तारू आउनु अलि अघिसम्म त त्यहाँका दृश्यपरिदृश्यले कुवेरमानलाई मात्र झस्का दिएको थियो । आश्चर्यमा पारेको थियो । यी पछिल्ली निम्तारूको आगमनपछि कुवेरमान मात्र होइन, नवविवाहित दुलहादुलही र त्यहाँ उपस्थित अरू निम्तारू पनि उत्तिकै आश्चर्यमा परे । एकनाससँग झुम्मिएर तिनलाई हेरेको हेर्यै भए ।
यसरी आश्चर्यचकित हुनुमा एउटै मात्र कारण थियो, हाम्रो समाजका अगाडि अचम्मलाग्ने उनको पहिरन ।
यसअघिका निम्तारुले त ब्लाउज र चोलीको सट्टा प्रतीककै रूपमा भए पनि सानोतिनो टालो लगाएका हुन्थे जिउमा । यिनको त त्यत्ति पनि थिएन । अन्यत्र केके थियो कसैले ध्यान दिएनन् । तर, कम्मरमाथिको जिउमा भने टलक्क टल्किने ब्रामात्र थियो पहिरनका नाममा ।
सबैका आँखा यसैमा परे । देख्नेले सोझै अनुमान गर्न सक्थे कि उनले लगाएको त्यो ब्रा सक्कली सुनको थियो । बत्तीको मधुरो प्रकाशमा पनि त्यसले आˆनो परिचय लुकाउन सकेको थिएन र पूर्ण रूपमा आˆनो पहिचान दिन टलक्क टल्किएको थियो सबैसामु ।
र त्यत्तिकै गर्व गरिरहेथ्यो, सर्वत्र सुरक्षाको अनिकाल परिरहेको यस्तो समयमा पनि जोसुकैको पहुँच नपुग्ने त्यस सुन्दर तथा शान्त टाकुरामा निर्धक्कसँग टाँसिएर बास बस्न पाएकोमा ।
(स्रोत : शनिवार – गोरखापत्र )