~महेन्द्र चालिसे~
म यहाँ अहिले तपाईंहरूसामु एउटी वेश्या आइमाईको हैसियतले आएकी छु । हो म यहाँ तपाईंहरूलाई मेरो कथा सुनाउन आएकी छु । आशा गर्छु सुनिसकेपछि तपाईंहरूले मेरो र मजस्ता हजारौँ वेश्या बनाइएका र बनेका आइमाईहरूको अवस्था थाहा पाउनुहुने नै छ ।
तपाईंहरूसामु उभिएर, त्यसमा पनि तपाईं र समाजले चरित्रहीन अङ्कति आइमाईको रूपमा यहाँ आएर बोल्नु के सरल होला त, निश्चय पनि छैन तर … तर म त्यही गरिरहेछु, किनभने म चाहन्छु तपाईंहरू थाहा पाउनुहोस् एउटी वेश्या, जो तपाईंहरूजस्तै हाडछाला र मासुले बनेकी छ, हामीभित्र पनि दील छ, भावना छ, कसैको दिदीबहिनी हौँ त कसैको छोरी हौँ । त्यसैले हामी पनि सम्मानको व्यवहार चाहन्छौँ । त्यसैगरी हामी पनि अधिकार चाहन्छौँ, मानव अधिकार । म बेचिएँ, बलात्कृत भएँ, कुटिएँ, पिटिएँ, तपाईंहरूजस्तै समाजका -क) पुरुषको यौन पिपासु भोक मेटाउनका लागि । म अपमानित भएँ, बलज�ती पुरुषहरूको खेल्ने वस्तु बनाइएँ, पेलिएँ अनि कठपुतली बनाइएँ पुरुषले आनन्द पाउनका लागि खेल्न सक्ने । मैले अरूका लागि आनन्द लिनुपर्ने र केहीका लागि नाफा कमाई दिनुपर्ने तर मेरो आ�नोलागि भने केवल लज्जा, बेइज्जती, दुःख-दर्द र ग्लानिसिवाय केही भएन ।
अझ तपाईंहरूजस्ता अधिकारकर्मी संस्थाबाट त हामी दोहोरो शोषणमा पारियौँ । साथै भन्नुहुन्छ भने तपाईं … हो ऊ त्यो तपाईंले त हाम्रै कारणबाट राम्रो कमाइवाला काम पनि पाउनुभयो तर त्यसबापत तपाईंले हामीबीचमा विभेद ल्याइदिनुभयो । आ�नो दातालाई खुसी पार्ने प्रतिवेदन तयार पार्दा, हामी खुसी छौँ रे र यो हाम्रो व्यवसाय हो रे । अनि समाजमा हाम्रो छायाँबाट बचाउन हामीलाई खास क्षेत्र बसाउन दिनुपर्छ रे ।
ओहो… प्रहरी, हामी त उनका पेवा नै हौँ नि होइन र ? जबजब उनीहरूको यौनतृष्णा जाग्छ आइपुगी हाल्छन् । त्यति मात्र हो, चाडपर्व, महिनाको अन्तिम मितितिर र उनीहरू घर बिदामा जानुपर्दा, उनीहरूको गर्ज टारिदिने टक्सार नै हामी नै त हौँ नि, अरू कसलाई निचोर्न सक्छन् र तिनले । कहिलेकाहीँ पक्राउ पनि गर्छन् तर ती सबै नाटक हुन्छन् । किनकि जब उनीहरू हामीलाई पक्रन्छन् तर हामीलाई थाहा हुन्छ यसपटक उनीहरूको आवश्यकता अलि ठूलै छ, सायद हाकिमलाई नजराना बुझाएर पदोन्नति हात पार्नु या कमाउ क्षेत्रमा सरुवा हुनु यो मेरो निजी तथा पक्का अनुभव हो किनकि यस्ता तजबिजीमा म तीन/तीन पटक परिसकेकी छुँ ।
अब तपाईंहरू आफैँ भन्नुहोस् यस्तो राम्रो आम्दानीको स्रोतलाई कोही आफैँ ताला लगाउन चाहन्छ र त्यसैले समाजमा वेश्यावृत्ति रोकिन सक्छ
र ? अनि महिला बेचबिखन कसले र किन रोक्ने वेश्यावृत्तिको मुहान नै यही बेचबिखन हो । ए… तपाईंले सोध्नुभएको ऊ कसरी भनेर ल उसैबाट सुन्नुहोस् कसरी बाध्य भई भनेर ।
म… , म तपाईंहरूजस्तै, अझ खासमा त नवधनाढ्यहरूको बाहुल्य रहेको ‘डान्स तथा केविन’ रेष्टुरेन्टमा वेट्रसको नोकरी गर्दैथिएँ । जब वियर र रक्सीले मात लागेपछि ग्राहकहरूलाई उनीहरूकै निजी सम्पत्ती ठान्थे तरै पनि मैले आफूलाई बचाइरहेकी थिएँ । एक दिन काम सकेर म आ�नो घर फर्किदै थिएँ, तीनजना मान्छे मेरो पिछा गर्दै थिए, अनकण्टार ठाउँ पारेर मलाई ठूलो रुमालले छोपिदिए र दुईजनाले झ्याइँकुल्टाइँ पारेर नजिकैको घरमा हुले । त्यसपछि एक हप्ता उनीहरूले लगातार मलाई बलात्कार गरेपछि एक सम्भ्रान्त महिलाको घरमा पुर्याए । पछि थाहा पाएँ सारै थोरै रकममा बेचिएँछु । अहिले यिनै महिला, भैगो उनको नाउँ नलिउँ, उनी तपाईंहरूबीच अति सम्पन्न र समाजसेवीको नाउँले परिचित छन् ।
हामीले नचाहँदानचाहँदै पनि हामी वेश्या बनाइएका छौँ । हामी तपाईंहरूलाई नै सोध्छौँ ल भन्नुहोस् हामीलाई वेश्या कसले बनायो र कसले भन्यो । हामी सुरुमा तपाईंहरूकै जस्ता समाजमा संलग्न व्यक्तिहरूबाट ठगियौँ, लुटियौँ र बरबाद भयौँ र वेश्या बन्न स्वीकार गर्यौँ । जब तपाईंहरूको क्रूर पञ्जाबाट फुत्कियौँ, हाम्रो चारैतिर अँध्यारैअँध्यारो थियो, कोही हामीलाई स्वीकार्न तयार थिएन । स्वीकार गर्नु त परै जावस् राम्रो र सहानुभूतिको दृष्टि समेत दिएनन् ।
यसैले, बाँच्नुको बाध्यताले, हामीले वेश्या, अब चाहिँ आ�नै इच्छाले बन्न स्वीकार गर्यौँ यो हाम्रो तपाईंहरू जस्ता समाजका व्यक्तिहरूलाई चुनौती हो । सक्नुहुन्छ भने रोक्नोस् भोलिका दिनहरूमा यस वृत्तिमा आउने स्रोतको मुहान रोकिदिनुहोस् ।
यो कुनै टेलिसिरियलको धारावाहिक कथा थिएन । यो त हामीजस्ता गरिबी र अभावमा पिल्सिन बाध्य आम महिलाको वास्तविकता हो । अनि अरू आश्चर्य कुरा त हामी चाहिँ खराब, अनि हामीलाई यो चरित्र प्रदान गर्ने तपाईंहरू चाहिँ असल ? यो जत्तिको असामाजिक र अन्याय अरू के होला र ? तपाईंहरूले कहिले सोच्नुभएको छ ‘किन हामी वेश्या बन्यौँ भनेर । सुरुमा हामीलाई विभिन्न प्रकारले तपाईंहरूले नै यसतर्फ धकेल्नुभयो । जब पूरापूर मात्रामा धकेलियौँ तब मात्र यसलाई अपनायौँ । सक्नुहुन्छ तपाईंहरू अझै पनि हामीलाई पुनस्र्थापना गर्न ? ।
कत्ति मार्मिक र कति कारुणिक थिए उसका ती प्रत्येक शब्दहरू । ऊ धारा प्रवाह बोलिरहेकी थिई तर कसले बुझ्ने कोसिस गर्यो र त्यहाँ, उसका भावना, अनि उसका वेदनाहरू । उसका जिब्राहरू फट्फटाई रहेथे तर ओठहरू काँपिरहेथे र आँखाहरू पीडा र वेदनाले रोइरहेथे ।
तर समाजका हामीजस्ता सम्भ्रान्त व्यक्तिहरू उनीहरूको पीडामा कहिल्यै पीडित हुन सकेनौँ, उनीहरूको पक्षमा हामीले कहिल्यै आ�नो आवाजलाई गहन बनाउन सकेनौँ, उल्टै उनीहरूलाई परोक्ष र अपरोक्ष तरिकाले प्रताडित गर्न छाडेनौ, कहिले उनीहरूको अधिकार पाउनुपर्छ भन्ने नाउँमा त कहिले ‘रेड लाइट एरिया’ को वकालतमा तर कहिल्यै उनीहरूलाई रेडलाइट एरिया पुग्नुपर्ने बाध्यतालाई केलाउने प्रयास गरेनौ । के सामाजिक व्यक्ति र सम्भ्रान्त वर्गको हैसियतले यो हाम्रो दायित्वभित्र पर्दैन ? आदि कहिल्यै नटुङ्गनिे बहसको विषय र अनाडी प्रश्न पस्किन पुगेको छ- एउटी वेश्याले सुनाएको कथाबाट ।
-विकल निवास, आरुवारी
(श्रोत : मधुपर्क फागुन, २०६५ )