~जनार्दन जागरुक~
गोलो टेबल छ ।
टेबल वरिपरि मेचहरू छन् ।
मेचमैँ आसन जमाएका पाँच व्यक्तिहरू छन् ।
पाँच गिलासहरू त्यसै गोलाकार वृत्तमा छन् ।
०
दुलाल बूढो गिलासलाई स्वाट्टै पार्छ र हा ऽऽऽऽ गर्छ ।
गुरुङ भाइले पनि त्यसै गर्छ ।
पत्रकार वन्धुले भने कुखुराको पखेटा टिप्छ र मुखमा बुजो कोच्छ ।
कविचाहिँ त्यतिखेरै गिलासमा अलिकति पानी
हाल्छ ।
नेवार मचाहृम अट्टहाँस गर्छ ।
०
र हुन पनि यो साहुनी काँ’को पसलमा सधैँ यस्तै भीडभाड हुने गर्छ । खुब चल्छ यो पसल । कसरी चल्छ, यो त त्यस साहुनी नै जानून् । साहुनी भर्खरकी छे । सोह्रबाट मात्र सत्रमा टेकेकीजस्ती । सधैँकी श्रीदेवी । एक हरियाली । त्यसैले बूढादेखि जवानहरूको ताँती लाग्छ, यहाँ । साहुनी भने यतिखेर पैसा टिप्दैमा भ्याइनभ्याइ छे । तार्ने एक जना केटो तारेको तार्यै छ । एउटा थप कान्छो छ जो दिएरै भ्याइनभ्याइ छ । र सानो एउटा फुच्चे केटो गिलास टिप्न राखिएको छ त्यहाँ ।
०
यो राजधानीको एक होटल हो । यो यसै अँध्यारो गल्लीभित्र पर्छ । सुरुमा हेर्दा त यो सानो कोठा होकिझैँ लाग्छ तर भित्र पसेपछि भने भित्रभित्रै हुँदै निकै भित्रसम्मै फैलिएको छ । र यसरी राम्रोसँग यस ठाउँको स्केच गर्ने हो भने यो नेपालको मानचित्रझैँ देखिन्छ ।
यतिखेर नेवार मचाहृम पुष्ट साहुनीलाई हेर्दै गीत गाउँन थाल्छ,-
‘हमें तुमसे प्यार कितना ये हम नहिँ जानते……।’
कवि महोदय पनि त्यहीँ छन् र भनिरहेछन्, ‘देश त खत्तम भो हेर्नुस्न सधैँको सत्ताको लुछाचुँडी, प्रधानमन्त्रीले राजीनामा नदिने भैहाले प्रधानमन्त्रीबाट’ दुलाल बूढो अब भने तनक्क तन्कन्छन् र भन्छन्, ‘हामीलाई के छ र हजुर, जति जोगी आए पनि कानै चिरिएका न हुन् । कसैले केही गर्ने होइनन् क्यारे ।’ पत्रकार बन्धु पनि त्यहीँ छन् र भन्छन्, ‘त्यसो भनेर काँ’हुन्छ र ? छोड् भनेपछि त छोड्नुपर्छ नि । तिनको बाबुको पेवा हो र त्यो पद ?’
अब भने सेकुवाको गन्ध राम्ररी फैलन्छ त्यस कोठामा हरहर हुने गरी । यस्तैमा साहुनी कसैले नदेख्ने गरी ऐना हेर्छे र लिप्स्िटक पोत्न लाग्छे । ‘बाँलाँ-बाँलाँ सिक्के बाँलाँ’ -राम्रो-राम्रो साहै्र राम्रो) नेवार मचाहृम भने दाहिने हातको चोर औँला र बूढी औँला दुवै गोलो पारी राम्रोको इसारा गरी जिस्क्याउँछ । साहुनी देख्छे र उल्टै धारेहात लगाउँछे । नेवार मचाहृम डल्लो पर्छ ।
यतिखेर भने पत्रकार महोदय घोप्टो परिरहेछन् र अबचाहिँ ऊँघ्न थाल्छ । दुलाल बूढो रक्सीसँगै बर्बराउँछ र राधिका, राधिका भनी बोलाउँछ । वाग्ले सर गम्भीर देखिन्छन् । कवि महोदयसँग गफ गर्न सुर्रिन्छन् । ‘कविज्यू तपाईंलाई देश कस्तो लागिरहेछ ?’
‘हामीजस्तै मदहोस् ।’ कवि छोटकरीमै भन्छ । खुलासाका लागि वाग्ले सर सोध्न चुक्दैनन्,
‘जस्तोकि ?”जस्तोकि देश लठ्ठिएको छ । लागूपदार्थ सुँघाएजस्तो गरी । प्रतिक्रियाविहीन । केही बोल्दैन देश । मानौँ मौन छ । मौन भएरै शालिन छ । र शालिन भएरै मौन छ तर त्यो मौनतामा थुप्रै पीडाहरूका टाटाहरू छन् । ऊ ऐया पनि भन्न सक्तैन । र अब भनोस् पनि कसरी आफ्नै सन्तानहरूकै अगाडि ……।’ भावुकतावश कवि देशमाथि कवितालङ्कार पोखिरहेछन् । वाग्ले सर सुनिरहेछन् र सुन्दासुन्दै कतिखेर हो निदाइ पनि सक्छन् । कविले कतिखेर भेउ पाउँछ, त्योभने ऊ नै जानोस् ।
दुलाल बूढो अहिले गम्भीर छ । र त्यसैको मौका छोप्दै गुरुङ भाइ उसैसँग रौसिन्छ, ‘राधिकाको दुःख छ हगि, तपाईंलाई ।’ ऊ ‘हो’ को स्वीकारोक्तिमा टाउको हल्लाउँछ र आँखाभरि आँसु पारी पुनः भन्छ, ‘वैगुनीले छोडेर गई मलाई ।’
-‘कोसँग ?’ गुरुङ भाइको प्रतिप्रश्न ।
-‘कसैसँग पनि होइन । बाघले खायो भाइ उसलाई ।’
-‘कसरी ?’ विस्फारित नेत्रले हेर्छ गुरुङ भाइ ।
-‘बाख्रा चराउन गएकी थिई, वनमा बाघले खायो ।’
-‘अनि ऽऽऽ कसैले रोकेनन् त ?’
-‘कसले रोक्नु भाइ, कोही त थिएनन्, त्यहाँÙ ऊ र बाख्रा बाहेक ।’
-‘ऊ बाघैबाट नै मरेकी हो भनेर कसरी थाहा पाउनु भो त त्यसो भए ?
-‘ उसको रगत लतपतिएको धोतीले ।’
त्यसपछि गुरुङ भाइ आफैँमा गम्भीर भए । केही बोल्न सकेनन् । बरु साथैमा रहेको गिलासलाई बेस्करी समात्यो र भएभरको बल गर्दै रक्सी स्वाट्टै पारे र साँधेको भटमास बुझो लगाउँदै एकतमासले चपाइरहे । दुलाल बूढोले पनि गिलासलाई स्वाट्टै पार्यो र मूर्तिवत् बनिरहृयो ।
साहुनी यतिखेर अर्धनग्न अवस्थामा छे । उसको चोलो यस्तो छकि आधा मिलेको स्तन राम्ररी देख्न सकिन्थ्यो त्यहाँ । अनुहार राम्रो हो कि स्तन राम्रो हो छुट्याउन जो कोहीलाई पनि हम्मेहम्मे पथ्र्यो, त्यहाँ । लाग्छ, उन्नाइस-बीस नै थिए दुवै कुराहरू तर यतिखेरभने नेवार मचाहृम स्तनको प्रतिशतलाई नै ज्यादा प्राथमिकता दिइरहेथ्यो र लोलाएको नजरले आँखा त्यसैमा ठोसिरहेथ्यो । साहुनीभने आफ्नै ड्रोयरको धनराशीमै मग्न थिई ।
रक्सीको गन्धसँगै चुरोटको बुङ्ग ऽऽऽ धूँवा त्यस कोठाभरि रुमल्लिरहेको थियो । अघिसम्म एक्सप्रेस्ली चलेको पिउने उपक्रम अबभने सुस्त-सुस्त हुन थाल्दै थियो । सबै विस्तारै पिउँदै थिए ।
रेडियोबाट भने यतिखेर गीत बज्दै थियो । ‘जीवनदेखि धेरै, धेरै नै थाकेर, म मूर्दा भएको …..।’
र यतिखेर,
कवि ऊध्र्व दृष्टि दिइरहेथ्यो । अर्धलठ्ठ अवस्थामा थियो ।
दुलाल बूढो भने घोप्टो परिसक्यो, सायद स्वप्नलोकतिरै पो विचरण गरिरहेछ कि ।
पत्रकार महोदय, धूवाँ बुङ्ग उडाउँदै सीधै दृष्टि दिइरहेथ्यो भित्तातिरै ।
गुरुङ भाइभने फोक्सो कुहाउने चीजलाई टन्न फोक्सोभित्रै हुलेपश्चात् तारेको फोक्सो चबाउँदै थियो । नेवार मचाहृम साहुनीको वक्षस्थलको नेत्रपान पश्चात कुनै कामुकता हैन, शान्त थियो र अहिले उसको यतिखेरको अनुहार सिद्धार्थ गौतमको झैँ शीतल देखिन्थ्यो । स्थिर थियो ।
हठात् त्यतिकैमा एउटा ठूलो सनसनी पैदा भो त्यहाँ । सबै जना जर्याकजुरुक उठ्न खोजे र केही त लडे पनि त्यहाँ । कुरो के भने एक पुलिसको वर्दीधारी प्रहरी हृवात्तैभित्र पस्यो, त्यहाँ । सबै जना आतङ्कित भए र अब के हुने हो भन्ने हिसाबले । साहुनी पनि त्यतिखेर पर्सेको बोकोझैँ अलि रामै्र गरी डराई तर त्यस प्रहरीभने हत्तारिँदै एउटा टेबलमा बस्यो । सबै आतङ्कित थिए । कान्छाहरू पनि तेर्सेझैँ देखिन्थे तर उसले भने कुनै परवाह नगरी हातको इसाराले उल्टै रक्सीको गिलास माग्यो र एक्कै सासमा स्वाट्टै पार्यो र सुस्तरी फेरि मगायो र स्वाट् स्वाट् पार्यो । त्यसपछि भने आफ्नै गोजीबाट चुरोट निकाली सल्कायो । र सबैलाई आश्वस्त पार्दै भन्यो-
‘इन्ज्वाईं गर्नुस्, इन्ज्वाईं गर्नुस् के हेरिरहनु
भएको ? के म मात्रै मान्छे होइन ? के मलाई मात्रै
दुख्दैन ? के म मूर्ति हुँ ?……हामी प्रहरीको पनि मन हुन्छ । धड्कन हुन्छ । हाम्रो आँखाबाट पनि आँसु र्झछ ।…..अब ड्युटी गर्नै नसकिने भो । अब सरकारको कुरा मानुँ, निहत्था जनतालाई गोली ठोक्नुपर्ने । नमानुँ माथिको अर्डरÙ आफैँलाई ठोक्छन् । हेर फसाद्…..।’
ऊ आˆनै पीडा ओकलिरहेथ्यो । अरूहरू जिल्ल पर्दै हेरिरहेथें त्यहाँ । रक्सीको नशा केहीको त्यतिखेरको आतङ्कले नै तुहिसकेको थियो । र अबचाहिँ आश्वस्त भए र पिउनेक्रम पुन, यथावत सञ्चालन गर्न लागे । कसैले पनि बोलेनन् त्यहाँ । मात्र पिइरहे । पिउने क्रम अनवरत चलिरहृयो ।
र समयक्रममा माथि आकाशबाट भने ताराहरू झर्नेक्रम तीब्र हुँदै थियो ।
(श्रोत : मधुपर्क असार, २०६८)