~कवी शिरोमणी लेखनाथ पौड्याल~
वर्षा याम एक दिन ठुलो पानी पर्यो
काला-काला बादलुले सेता गेडी झार्यो
झ्याम्म-झुम्म रूख थियो घरदेखि पारि
त्यही रूखमा गुँड लगाई बस्थे दुइटा चरी
चिर्र-चिर्र मिरमिरेमा गीत सुनाउँथे
आफ्नै काम गरी गरी दिन बिताउँथे
चुट्नसम्म चुट्यो आज पार्यो चिलबिल
बतासले हाँगो लुछ्यो गुँड पुग्यो तल
हेर तिनको दुःख देख्दा हाम्रो मन रुन्छ
आज तिनको दुःख बुझ्ने ज्ञानी मान्छे हुन्छ