~प्रकाश आङ्देम्बे~
एउटा अनौठो कहानी भो
पत्थरको पग्लिने बानी भो
माथिल्लो ओठ उचाली हास्यौँ
बलेको आगोनि पानी भो
छाड्न लागेको गाउँमा आयौ
त्यसपछि त्यही गाउँ राजधानी भो
इश्वरभन्दा कन्जुस थियो ऊ
हेर कस्तरी दानी भो
कसले सम्हाल्छ अब उसलाई
नब्बेको बृद्द जवानी भो
पाइलै पिच्छे ठोक्किइ उर्वशी
यो विश्वमित्र बदनामी भो
र_िक्स नै भयो एउटा कवी
अझै भन्छौ के हानी भो
गुमाउन सकिन समाउन सकिन
सिङगो बैँस निभ्यो र खरानी भो
(स्रोत : रचनाकारको ब्लगबाट सभार)