म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? त्यो त थाहाछैन
म तिमीलाई फेरि भेट्नेछु
कहाँ ? कसरी ? त्यो त थाहाछैन
सायद तिम्रो कल्पनाको झिल्का बनेर
तिम्रो क्यानभासमा उत्रिनेछु
वा सायद तिम्रो क्यानभासमाथि
एउटा रहस्यमयी रेखा बनेर
चुपचाप तिमीलाई हेरिरहनेछु
वा सायद सूर्यको किरण बनेर
तिम्रो रङ्गमा घोलिनेछु
वा रङ्गको अँगालोमा बसेर
तिम्रो क्यानभासमा उत्रिनेछु
थाहाछैन कहाँ-कसरी ?
तर तिमीलाई पक्कै भेट्नेछु
वा सायद एउटा झर्ना बनेको हुनेछु
र जसरी झर्नाको पानी उड्दछ
म पानीको थोपा
तिम्रो शरीरमा मिसिनेछु
र एउटा चिस्याहट जस्तै बनेर
तिम्रो छातीमा टाँसिनेछु ?
म अरु केही जान्दिन
तर यति चैँ पक्का जान्दछु
समयले जेसुकै गर्नेछ
यो जन्म त मेरै साथ चल्नेछ?
यो शरीर रहँदा
सबै कुरा समाप्त हुनेछन्
तर चेतनाको धागो
ब्रम्हाण्डीय कणबाट बनेको हुन्छ
म तिनै कणहरूलाई रोज्नेछु
धागोलाई बेर्नेछु
र फेरि भेट्नेछु तिमीलाई ?
(श्रोत:- प्रख्यात भारतीय लेखिका अमृता प्रीतमद्वारा लिखित अन्तिम कविताको भावानुवाद)