~बूँद राना~
पारा चढेको जो पारा हुन्छ
मान्छे, मान्छेको आहारा हुन्छ।
थाम्ने विवेक नै गुमेपछि
जे हुनुहुन्न त्यो सारा हुन्छ।
धर्मराज, धृतराष्ट्र हुँदा
यहाँ खाण्डव र खारा हुन्छ।
मुखको दाँतमात्रै के गन्नू
पापीको पेटमा दार्हा हुन्छ।
लोभ जागेपछि अगस्तिको
ढुङ्गा–माटो पनि चारा हुन्छ।
मान्छे जब हुन्छ अँध्यारोमा
आफ्नै छाया पनि टाढा हुन्छ।
तुलना गर्दा रगतसँग
प्रेमको रङ्गनै गाढा हुन्छ।
(श्रोत:- अन्तर्जाल)