~बूँद राना~
नसोध मान्छे कि म मूर्ति बनी ज्यूँदो छु
जसरी हुन्छ नि ज्यूनु छ भनी ज्यँूदो छु।
छ मेरो बिन्ती कि बाधा नहाल गिन्तीमा
तुहेका सपनाका सन्तान गनी ज्यूँदो छु।
हिउँको चिसोमा पल्केको भए मर्थ्यो कि
बनेर आगाको ज्वालाको धनी ज्यूँदो छु।
फूलमा पल्टिए म हुन्थेँ चिरनिद्रामा
सहेर सिउँडी औ नागफनी ज्यूँदो छु।
मदेखि दिक्क भएको छ सधैँ नियति त्यो
चितामा जल्छु म दिनरात अनि ज्यूँदो छु।
कालले हार नमानेर कठै, के गर्ला?
जहरको प्याला म प्यूँछु र पनि ज्यूँदो छु।
(श्रोत:- अन्तर्जाल)