~बूँद राना~
न छ बन्दुक, न तरबार गजलकार न हो
तर लड्दैछ लगातार गजलकार न हो।
रुँदैन बाजी नजितेर मौका पर्खन्छ
हार माने पो हुन्छ हार गजलकार न हो।
एकसे एक जबर शेर जब सङ्गी छन्
किन बोक्छ ऊ हतियार? गजलकार न हो।
नसोध देशका निम्ति के गर्छ? के दिन्छ?
दाउमा लाउँछ घरबार गजलकार न हो।
‘बूँद’ले भन्छ मतियार बनी छहराको
‘बगीरहनुमा छ है सार’ गजलकार न हो।
(श्रोत:- अन्तर्जाल)