~बूँद राना~
तीता–मीठा बातहरु याद आउँछन्
घातकीका साथहरु याद आउँछन्।
नखोलौँ कि हृदयको बन्द गरालो
आफन्तका घातहरु याद आउँछन्।
चल्ती खाता खोलेका छन् जहाँ खातेले
फोहोरका खातहरु याद आउँछन्।
पालुवामा वैँस फुल्दा तिन्को नाउँमा
झरिजाने पातहरु याद आउँछन्।
बिदा हुँदा–’भोलि फेरि भेटौँ है’ भनी
हल्लाएका हातहरु याद आउँछन्।
मनु, ज्ञानु, घनु, धनु सारा लट्ठिने
शायरीका मातहरु याद आउँछन्।
मुहारमा लाली भर्यो इन्कलाबको
काला–काला रातहरु याद आउँछन्।
(श्रोत:- अन्तर्जाल)