~बूँद राना~
उनी पनि सल्लाहमा आए राम्रो हुन्थ्यो
मालसिरी भाखासँगै गाए राम्रो हुन्थ्यो।
सुनचाँदीले छाएर घर दामी हुन्न
घरको छानो इज्जतले छाए राम्रो हुन्थ्यो।
सागरको पिँधसम्म बँूद पुगेकै छ
सागर नि ‘बूँद’सम्म धाए राम्रो हुन्थ्यो।
बातैपिच्छे झूठो कसम खाने ढटुवाले
कैले कसो हण्डर, ठक्कर खाए राम्रो हुन्थ्यो।
चूप लागी नियतिको चोट सहनेले
‘खबर्दार’ भनी मुख बाए राम्रो हुन्थ्यो।
(श्रोत:- अन्तर्जाल)