~बूँद राना~
अझै सर्प ज्यूँदै छ हो बूँद राना
मर्यो ठानी ढुक्कै न हो बूँद राना।
कता हो कताझैँ छ त्यो राजधानी
नजिकै पुगेको त हो बँद राना।
मु्सार्दैमा मख्खै परे मर्नू पर्ला
ऊ खुङ्खार ब्वाँसो जहो बँद राना।
मलाई त लाग्यो म संसार जित्छु
तिमी साथ आए अहो बूँद राना।
हिजो दूध प्यूँदा डढेको हुनाले
गरेको खर्बदार हो बूँद राना।
(श्रोत:- अन्तर्जाल)
