~बूँद राना~
म बैह्रो र लाटो बनी चूप लागेँ
म ढुङ्गा र माटो बनी चुप लागेँ।
भयो घाउ सन्चो भनेरै नबोली
म टाटो र खाटो बनी चुप लागेँ।
कतै भोकले ज्यान लेला नि भन्दै
म पीठो र आँटो बनी चुप लागेँ।
म थाकेर यात्रा नहूने हुनाले
सधैँ व्यस्त बाटो बनी चूप लागेँ।
भए लाजले ती त कालो र नीलो
म रातो न रातो बनी चुप लागेँ।
सबै यामले नै सिकाएर आज
म चीसो र तातो बनी चूप लागेँ।
(श्रोत:- अन्तर्जाल)