~बूँद राना~
मुक्तिको तिथिमिति गन्दै छ कलैया
‘हुन्छ, उज्यालो हुन्छ’ भन्दै छ कलैया।
नौलो बिहानी यौटा जन्माउँछु भनी
नसोध कहिलेदेखि कन्दै छ कलैया।
दिनरात ज्याति निम्ति जल्दै छ तापनि
निन्दकहरुले भन्छन्– ‘ठन्डै छ कलैया।
पोल्यो भने धूवाँ भै पिर्ने हुँदा अझै
सिनोका निम्ति खाल्डो खन्दै छ कलैया।
म पाठ के सिकाउँ त मुक्ति र त्यागको?
निष्कर्षमा दधिची बन्दै छ कलैया।
(श्रोत:- अन्तर्जाल)