~बूँद राना~
माला उन्ने निहुँ पारी भाँचिदियो डाली
फूल भन्छ– ‘मान्छेलाई म भन्दिन माली।’
दुवै हात जाडो छल्न कोखिलामुनि छन्
कसरी बजाउनु हो प्रशंसामा ताली?
पीरमात्र थप्छ तिम्रो शुभकामनाले
बन्द गर नाटक भो बरु देऊ गाली।
खै, कसरी पठाउनु विश्वासको कुलो?
गैर्हीखेत भने पनि बालुवाको आली।
मुटु दुख्दा आँसु झर्छ, आँसु झर्दा आगो
बूँदलाई नसम्झनु यौटा बूँद खाली।
(श्रोत:- अन्तर्जाल)