~बूँद राना~
मानिसले आफूलाई कुन्नि केमा ढालेको ढालेको छ
‘म हुँ मान्छे’ भन्न पनि लाज लाग्न थालेको छ।
रोजी–रोजी लिनलाई फूल थियो, काँडा थियो
निन्याउरो मुख देख्छु केमा हात हालेको छ छ?
दिलभित्र सागर औ त्यहाँ ‘बूँद’ हुनुपर्थ्यो
विडम्बना, मानिसले सर्प, बिच्छी पालेको छ।
घुमी–फिरी घरिघरि उही सिउँडीकाँडा घारी
बगैँचाको नाम बेची कदम कहाँ चालेको छ?
बर्बादीमा रमाउने बानी परेछ कि कसो?
बेहोसीको घरको छानो खोजी आगो बालेको छ।
(श्रोत:- अन्तर्जाल)