कथा : मातृत्व

~घनश्याम शर्मा~Ghanashyam Sharma

कालो बादल उडिरहेको आकाशतिर एकनास टोलाउँदै जोनले भन्यो-“जेनी तिमीले छिट्टै कुनै एउटा निर्णयमा त पुग्नै पर्छ ।” महिनौँदेखि यो दम्पति उहापोह र असमञ्जसको अवस्थाबाट गुजि्ररहेका थिए ।

जेनीले आˆना खैरा आँखा जोनको पैतालादेखि निधारसम्मै डुलाई । आँखाको भाषा बुझ्न गार्‍हो भएन जोनलाई । आˆना नीलो नानी भएका आँखाले उसले पनि जेनीको अनुहारमा एकटक हेरिरहृयो ।

“नो” जेनी सायद लजाई Û उसलाई जोनले आफूलाई त्यसरी घुरेर हेरेकोले अप्ठेरो महसुस गरी होला । लजाउँदै उसले जोनलाई ‘नो’ भन्दा जोन पुनः कालो बादल मडारिरहेको आकाशतर्फ आˆना आँखा दौडाइरहेको थियो । जसरी बादल उड्दैछ उसको कल्पना संसार पनि घुमिरहेछ उसरी नै ।

वषर्ात् हुन बादल देखिनुपर्छ । अझ त्यो पनि कालो बादल । कालो बादल आकाशमा मडारिनु पानी पर्नुको पूर्वावस्था । डरलाग्दो गड्याङगुडुङसहित चट्याङ पर्नु कालो बादलले छपक्क छोप्नु । आँधीबेहरी चल्नु, अझ हावाहुरी, हुण्डरी वातावरणमा जसरी एकाएक आउँछ, जीवनमा त्यस्तो हावा हुण्डरीको महसुस हुनु । मनका पत्रपत्र चट्याङको आवाजले चुँडाली दिनु, आहत र निर्घात मन बोकेर जीवनको दैनिकी चलाउनु पर्दा उफ् Û

“जेनी हाम्रो जीवनका मूल्य र मान्यताबीच सम्झौता गराँैं र आममानिसको जीवनजस्तै जीवन बाँच्ने कोसिस गरौँ न । हाम्रो पनि सन्तान होस् । सन्तानका आँखामा आˆना भविष्यका सपनाहरू हेरेर बाँचेको क्षणको आनन्द कस्तो होला ? तिमी एक पटक कल्पना गरेर त हेर, आँखा चिम्लेर सोच, त्यो क्षण जब तिमी आमा बन्ने छौँ यो संसार त्यतिखेर तिम्रानिम्ति नितान्त फरक र भिन्न महसुस हुनेछ । नयाँसंस्ाार Û तिम्रो शरीरबाट अर्को नयाँ मानिस यो संसारमा अवतरण हुनेछ । अहा त्यो क्षण Û त्यो

आनन्द Û”

जेनीले जोनको कुरालाई सुनेको अभिनय त गरी तर उसलाई यो सब कुरा मन परिरहेको थिएन । आफूलाई मन नपरेको कुराहरू पनि सुनिरहनुपर्ने र प्रतिक्रियाविहीन भएर बस्नु पर्दाको क्षण जेनीका निम्ति अत्यन्त कष्टप्रद लाग्छ । उसलाई सबै कुरा भन्न मन लाग्छ । मनभित्रको उथलपुथल र भूकम्पलाई प्रस्तुत गर्न मन लाग्छ तर अहँ किनकिन मन बाँधेर बस्नु नै उचित ठान्छे । विवाहलाई सम्झौताका रूपमा लिएको यो जोडी बेलाबेला यस्तै खाले विषयमाथि गम्भीर छलफलमा उत्रिन्छन् र विवादको अन्त्य नभएर आ-आˆनै अडान र मान्यतामा केही दिन अस्वभाविक दैनिकी बिताउँछन् ।

“मेरो जीवन, मेरो शरीर, मेरो आत्मा, मेरो विचार र मेरो स्वतन्त्रता पनि त अहम् हो नि मेरानिम्ति जोन । आˆनो खुसी र स्वतन्त्रताको मूल्य दुनियाँमा सबैभन्दा ठूलो कुरा लाग्छ मलाई । तिमी गलत कुरा गर्दैछौ म भन्दिन । जीवनलाई उपभोग गर Û संसारमा बढिरहेको उपभोगवादी संस्कृतिभन्दा पर हामी हुने कोसिस नगरौँ जोन Û तिमी आˆनो विचारमा कट्टर बन्दै गयौ भने म पनि हाम्रो सम्बन्धका बारेमा पुनर्विचार गर्ने कोसिस गर्नेछु तर तत्कालका निम्ति मलाई सन्तान जन्माउने इच्छा र रहर दुवै छैन । मेरो इच्छा र मेरो स्वतन्त्रता मेरा निम्ति सबैभन्दा ठूला हुन् । ‘सरी’ Û”

जोन किंकर्तव्यबिमूढ जेनीका आँखामा हेरिरहृयो । हावाको झोक्काले उडाएको जेनीको कपालसँगै बसेको जोनको मुखनिर आइपुग्यो । आफूले माया गर्ने, आफूलाई प्रेमको उपहारस्वरूप ठान्ने जेनीको कपाल, अहँ यतिखेर उसलाई एउटा नमिठो गन्ध उत्सर्जन गर्ने फूलको कोपिला जस्तै लाग्यो । प्रेम र घृणा कति चाँडै, कति तीव्र गतिमा मन, मुटु र मस्तिष्कमा प्रसारित भएको ।

आशा हराएको मरुभूमिजस्तो जीवन के बाँच्नु र

खै ? हुन त सन्तान नै जीवनको प्रमुख र मुख्य उपलब्धि हो वा होइन कसरी मापन गर्न सकिएला र खै ? तथापि एउटा दाम्पत्य जीवनको प्रमुख र महìवपूर्ण पक्ष सन्तान होइन भन्न चाहिँ सकिँदैन होला । भन्न सकिने कुराहरू भन्न नचाहेको वा भन्न नमिलेको अवस्था र आफूले भन्न नपरोस् भन्ने चाहेका कुराहरू बारम्बार भन्नुपर्दाको अवस्था साँच्चै नै अत्यन्त सङ्कटग्रस्त हुने गर्दछ । नभनौं भनेर बारम्बार रोक्न प्रयास गर्दा पनि भन्नैपर्ने अवस्था सिर्जना भएपछिका अपि्रय क्षणहरू उनीहरूले प्रसस्त गुजारेका छन् ।

जोन आˆनो ‘जिन’ लाई विस्तार गर्न चाहन्छ । आˆनो ‘जिन’ गुणात्मक र मात्रात्मक दुवैरूपमा फैलिएको हेर्न मन छ उसलाई । आˆनो छोरा वा छोरी मार्फत् तिनका पनि छोराछोरी र पुस्तौंपुस्ता उसका सन्ततिले पृथ्वीमा बास गरुन्, दुनियाँका सबै राम्रा सुख सुविधाहरू उसैका सन्तानले उपभोग गरुन् । जोन स्वार्थी छ । उसको ‘जिन’ स्वार्थी’ छ । बेलाबेला जेनी भन्छे –

“तिमीभित्रको स्वार्थी जिनका कारण तिमी यो सब भन्दैछौ ।”

जोन नाजवाफ छ । ऊ आफूलाई लागेको परम्परावादी एवं रुढीवादको आरोपबाट मुक्त गर्ने प्रयास गर्छ र भन्छ तत्कालका निम्ति

“एस, ओके”

जेनी बुझ्छे जोनले आफूलाई मन नपरेको भए तापनि ‘ओके’ भनिदिन्छ । एउटा ‘ओके’ शब्दले सबै कुरा ठीक भइहाल्दैन पनि राम्ररी बुझेकी छे जेनीले । ऊ प्रतिक्रियाविहीन बस्छे । एउटाको प्रतिक्रियाविहीन अवस्था अर्काको निम्ति अत्यन्त पीडादायी बन्छ । स्वयं प्रतिक्रियाविहीन हुनु पनि सम्बन्धितका निम्ति पनि उति नै दुःखपूर्ण हुन्छ । उनीहरू यस्तो मान्यता राख्छन् । आ-आˆनो दुःख बाँड्न चाहँदैनन् र सुख बाँड्न पनि डराउँछन् ।

घट्नुपर्ने कुराहरू बढेको र बढ्नुपर्ने कुराहरू घटेको कारण थुप्रै विषयहरूमा असमझदारी सिर्जना भइदिन्छ । असमझदारी एउटा लामो दूरी भइदिन्छ । दूरी जति लामो हुँदैगयो यात्रा त्यति नै असहज र कठिन बन्दै जाँदो रहेछ । कठिन यात्राको निम्ति हरेक बन्दोबस्त उति नै कठिन बन्दै जाँदोरहेछ । कठिन समय नजिकनजिक आउँदै गर्दा सहज वातावरण र खुसीका पलहरूसँगको दूरी बढ्दै जाँदा जीवन अझै कष्टकर महसुस हुँदोरहेछ । सोचाइमा आउने विग्रह, भावनात्मक उथलपुथलले पार्ने मानसिक प्रभाव र तनाव सहज र सामान्य दाम्पत्य जीवनका पहाड बनी ठडिँदारहेछन् । अजङ्गका पहाड Û काला पत्थर Û जीवनलाई कठिनतम मोडमा पुर्‍याउने असजिला बाङ्गा र टिङ्गा घुम्तीहरू, उकालीहरू ।

कालो बादल ठूलो वषर्ात्मा रूपान्तरण भयो । हेर्दा-हेर्दै सडक र पेटीबाट पानी बग्न थाल्यो । रुझेको सडक जोनको मनजस्तै भिजेको शरीर, भित्री मनको कुना-कुना भिजे जसरी रुझेको शरीर जेनीले देख्न सक्छे । औपचारिकताका निम्ति सुख्खा टावेल दिन्छे, भन्छे-

“हेर कस्तो भिजेको Û पानीमा किन भिजेको ? ओत लाग्नुपर्दैन ? चाँडै लुगा फेरिहाल चिसो लाग्छ नि तिमीलाई यति पनि बुझ्दैनौ ?”

जोन भिजेको शरीरबाट लुगा फुकाल्छ । भिजेको मन यथावत् । फुकाल्न मिल्दैन । भिजेको हृदय र मनमस्तिष्क फेर्न सकिँदोरहेनछ । फेर्न सक्दैन ऊ । रसाएका आँखा पुछेर पीडा कम गर्न सकिँदो रहेनछ । आँसु कम गर्न सकिँदोरहेछ तथापि भक्कानिएको मुटु झनै रसाइरहँदो रहेछ । आˆनो काल्पनिक सन्तानका खातिर चुँडिएको मुटु, धागो चेट भएको चङ्गाजस्तै भयो उसको । उसले हजार कोसिस गर्‍यो जेनीले मानिन । उसले जेनीलाई मातृत्वका लागि गरेको सबै आग्रह, अनुरोध भरखरै परेको पानीका फोका बन्दै गए एक-एक गर्दै । उपलब्धिविहीन अवस्था । आफू भएर बाँच्न नसकेको अवस्था आˆना लागि कति निरस हुँदो हो । अझै अरूको निम्ति बाँचिदिनुपर्ने र आफू आफू नै नभई अरूकै भूमिकामा रूपान्तरण भइदिनु दुरुह क्षण । कालो बादलले पानी पारेपछि आकाशमा सेता बादलका टुक्राहरू उड्छन् तलबाट माथि, माथिबाट झनै माथि अनन्त । पानी परेपछि आकाश उज्यालियो । जोनको मन उज्यालिएको छैन । भौतिक सुखले मात्र कहाँ हुँदोरहेछ र ? मनले खै केके खोजिरहँदोरहेछ । जोन बेलाबेला यस्तै सोच्ने गर्छ ।

केही छिनअघिको घमाइलो दिन । वषर्ात्मा रुझेको दिन । वषर्ात्सँगै रोएको दिन । वषर्ात् सकिएर उदाएको पहेँलो घामसँगै हाँसेको दिन । सेतो बादलको घुम्टोभित्र लुकेको दिन । इन्द्रेणीको रङ डाँडादेखि खोला हुँदै हरिया पाखामा पोखिएको रङ्गीन दिन । रङ्गहीन दिन, उदास दिन, उराठ दिन, एउटै दिन । आˆनो जीवन यस्तै लाग्ने गर्छ जोनलाई । जेनीका कोमल हातका औँलाहरू समातेर डिपार्टमेन्टल स्टोरको स्काइ ल्याडर चढ्दै गरेको सम्झना हुन्छ उसलाई दसौँ तलाको ‘टप’ रेस्टुरेन्टमा मीठामीठा गफसहित खानेकुरा खाएको मीठो सम्झनाले झक्झकाउँछ । बियरको गिलासबाट चिसा थोपा सेतो फिँजमा परिवर्तन भएको अनि बिस्तारै फिँजले पहेँलो पानीको आकार ग्रहण गरेको दृश्य उसको मानसपटलमा आइरहन्छ जेनीसँगको बदलिँदो जीवनशैली र दैनिकी उसलाई यस्तै अनुभव हुन्छ ।

जोनका थुप्रै आनीबानी र व्यवहारहरू मनपर्दछन् जेनीलाई । जोन जेनीलाई अत्यन्त इज्जत गर्छ । सम्मान गर्छ । उनीहरू एक-अर्कालाई अत्यन्तै प्रेम गर्छन् । जेनी स्वतन्त्र स्वभावकी छे । आˆनो स्वतन्त्रतामा जोनको कमसेकम हस्तक्षेप चाहन्छे ।

जेनीले आˆना कोमल आंँैलाहरू ज्ोनको भिजेको कपालमा घुमाइरहँदा जोन अत्यन्त आनन्दित भयो ।

“जेनी ! जीवन फूलजस्तो हुनुपर्दछ ।”

जोनले यसो भनिरहँदा जेनीका मिलेका दाँत र ओंठहरूका बीचबाट एउटा मृदुल मुस्कान छरिएको थियो र भनी –

“जोन Û फूलमा जीवन हुनुपर्दछ ।”

फूल विनाको जीवन कस्तो होला ?

जीवन विनाको संसारको परिकल्पना गर्न सकिएला ?

उनीहरूले निकैबेर यस्तै छलफल गरिरहे ।

जेनी तिमी मेरो प्रस्ताव स्वीकाछौर्ं ?

मैले धेरै दिनदेखि एउटा प्रस्ताव तिम्राअघि राख्ने बारेमा सोचिरहेको थिएँ । हिम्मत जुटाउन सकिरहेको थिइँन । मलाई विश्वास छ तिमी यसलाई सहर्ष स्वीकार गर्नेछौ । यसमा हामी दुवैको खुसीको कुरा छ । जोनले आˆनो अनुहारमा नौलो चमक ल्याउँदै भनेको थियो ।

जेनी हाँसी । उसको मानसपटलमा अनेकौँ विषयहरू आउँदै,हराउँदै गर्न थाले । जोनले के भन्न खोजेको

होला ? उसको मुटु धड्किइरह्यो निकैबेर । जेनी हाँस्दा उसका दाँतहरू सबै खुल्छन् र ऊ ठूलोठूलो स्वरले हाँस्ने गर्छ । उसले हाँस्दा उसको आँखाका नानीबाट निस्कने एक प्रकारको ज्योतिले वातावरण नै उज्यालिएको अनुभव गर्छ जोन । यसकारण पनि जेनीको ‘सिरियस मुड’लाई पनि ऊ हसाँउने प्रयत्नमा लागिरहेको हुन्छ ।

हाँस्नु जीवनलाई सुखी बनाउनु हो । तमाम पीडाबाट केही क्षण राहत पाउनु हो । यस्तैयस्तै क्षणहरूको संयोजनबाट सिङ्गो हँसिलो जीवन प्राप्त गर्न सकिन्छ । आफू हाँस्नु र अरूलाई पनि हँसाइराख्ने प्रयास गरिरहनु मानिसको उत्तम विचार हो । यस्तै लाग्ने गर्छ जोनलाई ।

जोनले आˆनो प्रस्ताव यसरी बतायो । “जेनी मलाई बाबु बन्न मन छ मेरो सन्तानको तर तिमी नआत्तिऊ । तिमीले हाम्रो सन्तानको जन्म दिने आमा बन्नुपर्ने छैन ।”

जेनीले आश्चर्य मिश्रति स्वरमा चिच्याएर सोधी-

“यो कसरी सम्भव छ ? तिमी बाबु बन्ने मैले आमा बन्नु नपर्ने ? के तिम्रो कुनै पूर्व श्रीमतीको छोरा वा छोरी छन् ? जुन यतिका दिनसम्म तिमीले मलाई ढाँटेका

थियौ ?”

जोन-

“यो सब केही होइन । मेरो प्रस्ताव तिमी मेरो सन्तानको आमा बन्न सक्छौ तर जन्मदिने आमा होइन, कर्म दिने आमा मात्रै । मैले मेरो जिन अर्कै महिलाको गर्भ भाडामा लिएर दस महिना हुर्काउने निर्णय गरेको छु । तिमीलाई थाहा हुनुपर्छ आजकल सहरमा मासिकरूपमा दस महिनाको निम्ति आˆनो गर्भ भाडामा दिई अरूको सन्तान जन्माइदिने आमाहरू छन् । तिमीले कमसेकम दस महिनासम्मको पीडा र प्रसव वेदनासमेत खेप्नुपर्ने छैन । ‘रोजी’ त्यस्ती आमा हो जो मेरो भ्रूणलाई आˆनो गर्भ भाडामा उपलब्ध गराउन तयार छिन् र बच्चा जन्मेकै दिन हामी आˆनो सन्तान लिएर आउने छौं, रोजी आˆनो ज्याला लिएर जानेछिन् । उनीसँग मेरो कुनै किसिमको शारीरिक सम्बन्धको आवश्यकता पर्ने छैन । यो सबै डाक्टर माइकलले गर्नेछन् ।”

जोनको कुरा सुनेर अवाक भएकी जेनीका आँखा भित्तामा टाँगिएको पोस्टरमा एकनास अडिरहे । एउटी आमाले बच्चालाई आˆनो स्तनपान गराइरहेको यो पोस्टर जेनीले वर्षौंदेखि कोठाको भित्तामा टाँसेकी थिई । उसलाई पटकपटक आमा बन्ने रहर पनि नजागेको कहाँ हो

र Û बच्चा जन्माएपछिको आˆनो स्वास्थ्य र आमाहरूको बढ्दो सम्बन्ध विच्छेदले उसलाई आमा बन्न दिएको थिएन ।

जेनीलाई जोनको प्रस्ताव स्वीकार गर्न धेरै समय लाग्यो । उसको दिमागमा थुप्रै प्रश्नहरू जन्मेका थिए रोजीको गर्भमा जोनको सन्तान जन्मिनु अगावै ।

अर्काको गर्भमा हुर्किएको सन्तान आˆनै सन्तान जस्तो हुनसक्ला ?

यस्तोमा मेरो भूमिका के हुन सक्छ ? प्रसव पीडा नभई प्राप्त भएको सन्तानप्रति के उस्तै माया गर्न सकिएला वा यस्तो सन्तानप्रति औपचारिक सम्बन्ध मात्रै रहला ?

रोजीले जोनको भ्रूणलाई आˆनै सन्तान ठानी भने के होला ? रोजीले जन्माएको बच्चा आफूलाई दिन अस्वीकार गरेमा के गर्न सकिन्छ ?

यस्तैयस्तै थुप्रै प्रश्नहरूको बीचमा पनि जेनीले जोनलाई स्वीकृति दिई । अन्ततः जोनको सन्तान रोजीले जन्माउने भई । दस महिनाको निम्ति भ्रुणको पालनपोषण सहित आˆनो गर्भको भाडा समेत रोजीले पाउने सम्झौता भयो ।

जोनको अनुहार बदलिंँदै गयो । उसको अनुहारमा हरेक दिन नयाँ चमक आउन थाल्यो । जोन हरेक दिन रोजीलाई भेट्ने गथ्र्यो । उसलाई रोजीप्रति एक प्रकारको सहानुभूति र माया थियो । हरेक दिन जोन रोजीको स्वास्थ्य अवस्थाको जानकारी राख्थ्यो र सबै विवरण जेनीलाई सुनाउँथ्यो । जेनी प्रतिक्रियाविहीन हुन्थी । उसलाई रोजीसँग आरिस लाग्थ्यो साथै घृणा पनि ।

जेनी बेलाबेला सोच्ने गर्थी- जोनको सन्तानको आमा मैले नै बन्नुपथ्र्यो ।

“अब एक महिना मात्र बाँकी छ बुझ्यौ जेनी”

जोनले उपि|mँदै जेनीलाई जुरुक्क उचालेर बोकेको थियो । जेनीमा भने कुनै उत्साह थिएन । ऊ एक प्रकारले आहत भएको महसुस गरिरहेकी थिई आफू ।

रोजीको फोन आएको थियो । उसको पेट अचानक दुःख्नथाल्यो । हतारहतार जोन रोजीको ˆल्याटमा पुगेको थियो र उसले रोजीलाई अस्पताल पुर्‍याएको थियो ।

“तपाईंलाई बधाई छ जोन तपाइर्ंको छोरी जन्मिएको छ ।”

डाक्टरको यो आवाज जोनको कानमा ठोक्ँिकदा ऊ खुसीले उपि|mएको थियो । उसले तत्काल जेनीलाई फोन गर्‍यो र आˆनो छोरी सकुशल भएको जानकारी गरायो । केही छिनमा जेनी अस्पताल पुगी र उसले बेडमा सुतिरहेकी रोजीलाई हेरी ।

जेनीलाई नजानिँदो प्रकारको ईष्र्याले आफूभित्रको मातृत्व खोसेर रोजीले लगेजस्तो लाग्यो । आˆनो सन्तान जन्माउने अधिकार रोजीले खोसेजस्तै लाग्यो ।

आˆनो दूधको लाम्टा चुसाउने प्रयास गरिरहेकी रोजी र नवजात छोरीका आँखामा पालैपालो हेरी जेनीले । शिशुका आँखा जोनकाजस्तै थिए । अनुहार भने कताकता रोजीको जस्तो लाग्यो उसलाई । यस नवजात शिशुको कुनै पनि अङ्ग-प्रत्यङ्गमा आˆनो अंश देखिन जेनीले ।

आज तेस्रो दिन थियो । अस्पतालले रोजीलाई डिस्चार्ज गर्दै थियो । जोन दम्पति बिहानैदेखि आˆनो सन्तान लैजान अस्पताल पुगेका थिए ।

काखमा बच्चा च्यापेर निस्केकी रोजीलाई जेनीले धन्यवाद ज्ञापन गर्दै भनिन्-

“रोजी तिमीलाई धन्यवाद । मेरो श्रीमान्को सन्तान जन्माइदिएकोमा र तिम्रो ज्याला लेऊ र हाम्रो सन्तान हामीलाई देऊ ।” रोजीका कोमल आँखा घरी काखको नवजात नानी त घरी जोन र जेनीका अनुहारमा घुमिरहेका थिए । रोजीले भनी-

“जोन र जेनी मैले मेरो गर्भ तिमीहरूलाई उपलब्ध गराएकी थिएँ तर मेरो मातृत्व भने मैले बेचेकी थिइनँ । मातृत्वको कुनै मूल्य हुन सक्छ र ? कृपा गरेर तपाईंहरूले मलाई दस महिनासम्म दिनुभएको खर्च दोब्बर पारेर फिर्ता गर्छु । यो सन्तान जसका ओठहरू मेरो स्तनपानका निम्ति लालायित छन्, तिमीहरूलाई जिम्मा लगाउन सक्दिँन । मलाई माफ गर्नुहोला । जोन तपाइर्ंले कुनै कठोर मातृत्व भएकी आमा भेट्टाउनु भएमा अर्को सन्तान जन्माउनु होला । मेरो कोमल हृदय वर्तमानमा मातृवात्सल्यले ओतप्रोत छ ।”

जेनीका आँखा जोनका आँखामा जुध्न पुगे । जोनले आकाशतिर हेर्‍यो । आकाश पुनः उसैगरी कालो बादलले धुम्मिन आँटेको थियो । जोनले सोच्यो फेरि उसको जीवनमा चट्याङ् पर्नेछ । बेसकन वषर्ात्ले बाढी र पहिरो निम्त्याउनेछ । उसको जीवन पहिरोमा पुरिएर पुनः माटोमै विलिन हुनेछ ।

गड्याम् ÛÛ चट्याङको आवाज थियो । जेनीका रसाएका आँखा नवजात शिशुलाई एकनास हेरिरहेका थिए । नवजात शिशुका आँखा भने जोनको अनुहार हेरिरहेका थिए । जोनले भित्तामा अडेस लगायो । बाहिर पानी दर्किरहको थियो । रोजीले नवजात शिशुलाई बोकेर आˆनो बाटो लागी ।

जोन र जेनी दुवै चुपचाप बाहिर निस्के । भिज्दैभिज्दै आˆनो ˆल्याटमा आइपुगे । आज जेनीले जोनलाई लुगा फुकालेर नयाँ लुगा फेर्न पनि भनिन । दुवै जना चिसो लुगामा निकैबेर उभिइ रहे । अनुहारबाट पानी उसरी नै चुहिरहृयो जसरी बाहिर पानी दर्केको थियो । दुवैको जीवन त्यसरी नै भिजिरहृयो जसरी आँगनको गुलमोहरको रुख भिजेको थियो । जेनीले अचानक भित्ताको पोस्टर हेरी । आमाले स्तनपान गराइरहेको उक्त पोस्टरमा एकटक हेरिरही, हेरिरही ।

(कथाकार शर्मा २०६८ वैशाख २६ गते सोमबार दुर्घटनामा पर्नुभई हालसम्म अचेत अवस्थामा न्युरो हस्पिटल, बाँसवारीमा उपचारार्थ हुनुहुन्छ । )

(श्रोत:- मधुपर्क असार, २०६८)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.