~बूँद राना~
फैसला मुल्तवी मुद्दाको आज हुन्छ नि हो
लुकेर होइन मैदानमाझ हुन्छ नि हो।
खुनी नङ्ग्रामा, पखेटामा नजर राख्नू सधैँ
झम्टिने खेलमा सिपालु बाज हुनछ नि हो।
हजार काँडाको मुटुमा डर रोप तर
फूलका साथमा सिङ्गो समाज हुन्छ नि हो।
काम लागिनँ खडेरीमा म बर्सिनँ भने
‘बूँद’ हुँ भन्नु कसोरी पो लाज हुन्छ नि हो।
जोगाई राखेको मुटु हो त्यही चर्केपछि
अनौठो के छ जङ्गी मिजाज हुन्छ नि हो।
सिमाना नाघ्छ यहाँ जब–जब नफरतको
कवाडीखानामा मिल्केको ताज हुन्छ नि हो।
(श्रोत:- अन्तर्जाल)