~मनु ब्राजाकि~
आँखाभरि खोलानाला ताल राख्याछु
हृदयमा समुद्रको छाल राख्याछु ।
आँसु पुछ्न अब भने सजिलो भयो,
गोजीभित्र उसैको रुमाल राख्याछु ।
सुरक्षाका लागि तरबार बोकेछौ,
मैले भने आफ्नो लागि ढाल राख्याछु ।
तिमीलाई माया यति धेरै गरेछु,
मैले आफ्नो नाम नै नेपाल राख्याछु ।
फेरि पनि बिर्सिदिने हौ कि भनेर,
मैले आपुनो नाम नै नेपाल राख्याछु ।
एक्लो ठानी हेपौला कि भन्ने सम्झेर,
मैले पनि ‘मनु’को बगाल राख्याछु ।
(श्रोत:- अन्तर्जाल)