कथा : अनुत्तरित ?

~दामोदर कोइराला~

२४ भाद्र २०५४
आजभोलि मेरो स्वभावमा पनि चिड्को (चिडचिडाहटपन) बढ्दै गइरहेको छ ।अभावको पीडा त उनले पनि भोगिरहेकी छिन् नि ! खाने मुख थपिए । बेलामा चेत पसेन । मेरो घरमा पसेदेखि बिचरीले सुख के हो थाहा नै पाइनन् ।बुहार्तन बाहेक के पो दिन सकें र ? म आज कार्यालयबाट फर्कंदा पर
खर्दार्नी बज्यैका घरमा बज्यैसँग भावनाले रसिला आँखा लिएर कुरा गरिरहेको देखेँ,मलाई देखेपछि फरक्क फर्किन् । के भएछ र हो कुन्नि ? हिजो अलि बढी रिसाएछु कि ? बिचरीले पीर पोखून पनिकहाँ र ? पदको खर्दार भए तापनि भन्सार कर्मक्षेत्र परेकाले सम्पन्नै छन् । छिमेकी हुन, सुखदुःखमा मनका कुरा पोख्ने ठाउँ त्यै भयो । कहाँ जाउन् त बिचरी ! जेहोस्, भोलि राम्रो मुखले सम्झउनु– पर्ला ।

२५ भाद्र २०५४
आजभोली उहाँ सानोतिनो कुरामा पनि झडङ्ग रिसाउनुहुन्छ । अस्ति बाबुले पढेन भनेर पनि मैसँग खनिनुभयो । केटाकेटी हो, पढ्ला नि, सम्झाउनु पो पर्ने ! चौध–पन्ध्र वर्Èदेखि बेहोर्दै आएको मान्छे पनि आजकाल त पराई पो हो कि जस्तो लाग्न थालेको छ । हुन त केटाकेटीहरु पनि कुनै गतिला होलानजस्ता छैनन् । आपसमा खालि मारामार, लुछाचुँडी मात्र गर्छन् । मलाई त रुवाएरै छाड्ने भए । फेरी हाम्रो भत्केको–बिग्रेको खालि तिनै खर्दारका खलकले मात्र किन थाहा पाउनुपर्ने होला ? हुनेखाने भएर पनि भएजस्ता नदेखिने मोराहरु ! पोहोरसम्म फाजिती कि फाजिली कुन्नि केजाति मुखिया थिए भन्थे, खर्दार भैसके । के खाऊँ के लाऊँ छैन । खै, हाम्रो त कहिले हुने हो कहिले ?

२५ भाद्र २०५४
घर पनि बिरक्तलाग्दो छ । हँसिलो अनुहार कसैको छैन । दिनभरि कार्यालयमा खटेर काम ग¥यो, खाजा खाने बेलामा झलझली घर सम्झिनुपर्ने ।आम्दानीले आधा महिनाको खर्च मुिस्कलले धानिन्छ । तैपनि बिचरीले धन्न खप्न सकेकी छन् । कहिलेकाँही त उनिप्रति दया जागेर आउँछ । तर बिडम्वना ! केही गर्न सकेको होइन । हुन त उनि पनि मसँग आजभोलि त्यति खुलेर बोलेकी छैनन् । सोध्दा केही भएको छैन’ मात्र भन्छिन्् । अभावमा पिल्सिँदापिल्सिँदै सिद्घिने भइन् । लाग्छ, आफ्नो अस्थिपञ्जर बोकेर हिडिरहेकी छन् । यसो अनुहार हे¥यो— खिस्स हांस्छिन्, विवशताको हाँसो; व्यङ्ग्यबाँण हानेजस्तो लाग्छ मलाई मेरो पौरखप्रति । गएराति ओछ्यानमा पनि केही बोलिन् । कतै मेरो चरित्रप्रति शङ्का त गरिनन् ? लोग्ने — मानिस हुँ , बाहिर यसो हाँसखेल त भैहाल्छ तर मेरो सन्दिग्ध आचरण त के नै छ र ? मात्र एउटा रोग न हों– महिनाको उत्तरार्ध, चरम अर्थअभाव“ भावना ! तलब आउन सात दिन अझै बाँकी छ । गाह्रोसाँघुरो भएको त छैन ? बाँकी दिन कटिहाल्ला नि ?” यही प्रश्न आउला र जबाफ दिउँला भनेर बसेजस्तै, सोधाइको जबाफ तुरुन्त फक्र्यो– “ सधैँ यस्तै त हो नि, किन पिर गर्नुहुन्छ ?” यद्यपि सहानुभूतिको स्वर थियो यो तापनि यस्तो लाग्यो कि यो महज व्यङ्ग्य हो र तातो झीर बनेर कानमा पसिरहेको छ । आखिर डेढ दशकको सङ्गतले केही त बुझ्ने बनायो नै, के दिन सकेँ र यस अन्तरालमा उनलाई ! जेहोस् यस्तो सोचाइको अब कुनै प्रयोजन बाँकी रहेन ।

२६ भाद्र २०५४
हिजोआज उहाँ झन्झन् थकित र चिन्तित– जस्तो देखिनुहुन्छ । हामीहरुकै पीरले त होला नि ! दुई— चार अक्षर जानेर मात्र नहुने, यसो मैले पनि जागिरसागिर खाएर उहाँलाई अलिकता मात्र सहयोग गर्न सकेकी भए उहाँको भारी केही हलुका त हुन्थयो होला नि ! आखिर सम्पन्नता भन्ने कुरा त भावीद्वारा लेखाएरै ल्याउनुपर्ने रहेछ । तिनओटा सन्तान, हामीजत्तिका जगिरेलाई खासै बोझ हुनु त नपर्ने हो तर पनि कहाँ के नपुगेर हो खै, कहिल्यै शान्तिको सास फेर्न पाइएन । खर्दार्नी बज्यैको भाग्यको सानो अंश मेरोमा परेको भए पनि विधाताको के खोटिने थियो र ?जेहोस्, उहाँ प्रसन्न भएको देखिरहन पाए मलाई सर्वस्व पाएजत्तिको हुन्थ्यो ।

२७ भाद्र २०५४
आज मनमा कुरा खेलिरहेको थियो । प्रत्यक्ष कारण केही नदेखिए तापनि मन किनकिन उदास थियो । भावना चिया लिएर आइपुगिन् । मैले विनाप्रसङ्ग अनायासै सोधे— “भावना ! तिमि मसँग किन टाढाटाढा हुन खोज्छ्यौ ? किन नजिक पर्न पनि नपरे हुँदो होजस्तो गछ्र्यौ ? कि मसँग अघायौ ?” उनले तत्कालै प्रतिवाद गरिन्— “आम्मै नि ! के भन्नुभएको ? हजुरसँग अघाउनु ? अघाउनुपर्छ भने त म त्योभन्दा पहिल्यै यो संसार छाडेर जान्छु नि ! बरु म, यी केटाकेटी पो हजुरको उन्नतिप्रगतिका बाधक भएका छौँ; बोझ भएका छौँ !” भन्दै रुन थालिन् ।उनि त यही हिनताबोधले पो टाढिएजस्ती भएकी रहिछिन् ।यसरी मन सफा भयो । मेरा छिमेकी उनै खर्दार बाजेले कुम्ल्याएको अकुत सम्पत्ति र वैभव पनि मेरो यो क्षणिक आनन्दानुभूतिको अगाडी ज्यादै होचो भएको महसुस गर्न थालेको छु ।

२८ भाद २०५४
उहाँलाई के भएको हो कुन्नि ? हिजो सहज पारामा कस्तो गहन कुरा सोध्नुभएको हो ? के बोलुँ के बोलुँ भयो । मेरो त धन्नै बोली नफुटेको । म उहाँसँग अघाएँ रे ! नजिक पनि जान्न रे ! जबाफ त दिएँ ,के सोच्नुभयो
कुन्नि थाहा भएन । तर महिनाको चार—चार हजार ल्याएर दिँदा पनि राम्रो घरव्यवहार चलाउन सकिनँ । मीठोमसिनो खुवाएर कहिल्यै मुख फेराउन सकिनँ । बाँच्ने धुनमा उहाँको किलकिले नै समाएर झुन्डियौँ, अनि म कसरी स्वागिली ( साखिली ) हुन सक्छु त ? धेरै पटक सोच्दा हामीबीचको यो मनमुटाव–को मुख्य कारण न्यून आयस्रोत नै हो । उहाँको प्रमोसन भए त यसै पनि तलब बढ्ने थियो । हामी पनि छिमेकीभन्दा कम हुने थिएनौ । घरखर्च त सुबिस्ताले चल्ने थियो भन्ने सोचेर प्रमोसनको कुरा सोध्छुसोध्छु भन्यो आजसम्म आँट गरेर सोध्न सकेकी छैनँ ।

२८ भाद्र २०५४
हिजोको कुराले हामी जोईपोईबीचको भ्रम हटेर गएजस्तो छ । भावना पनि फुरफुर परेकी छन् । हुन त यो मेरो भ्रम पनि हुन सक्छ । बाहृ्य सुधार केही पनि भएको छैन । अभाव अझ ठूलो मुख बाएर अगाडि बढ्दै छ तापनि हामीबीचको अभावजन्य मनोमालिन्यले उब्जाएको गह्रुङ्गोपन विस्तारै हल्का हुँदै गएर नयाँ स्फूर्ति सञ्चार भएको छ जसको वास्तविक सुखदुःख कुनै वस्तुको प्राप्ति र अभावमा नभएर भावनात्मक रुपमा आपूmभित्रै हँुदो रहेछ भन्ने ‘दिव्यज्ञान’ खुल्न गयो ।

७ आश्विन २०५४
मैले उहाँसँग सोध्न खोजेको त्यो प्रमोसनको कुरा आजसम्म पनि सोध्न सकेकी छैनँ । पहिला पनि पटकपटक सोध्न खोज्दा सकिनँ । आज बिहान पनि उहाँ अफिस जाने बेलामा त्यै कुरासोध्न खोज्दै भनेकी थिएँ—“एउटा कुरा सोध्नु थियो ।” “ किन भरे सोधे हुदैन ? जरुरी छ र ?” भन्दै ढिलो भएछ क्यारे हतारिँदै अफिस जानु– भयो ।अफिसबाट पनि अवेर फर्किनुभयो । खाईवरीसुतिसकेको मान्छेलाई केके न बितेजस्तो ब्यूझाएर सोध्न पनि भएन । ‘पछि सोधँुला नि’ भनेर निच मारेँ।

९ आश्विन २०५४
भावनाले अस्ति बिहान के सोध्न खोजेकी थिइन् कुन्नि ?‘ भरे सोधे हुन्न ?’ भनेँ । त्यसपछि कुनै कुरा निस्केन । मैले बिर्सेपछि उनले झन् किन सोध्थिन् र ? आज विवाह भएको यतिका वर्ष भयो, कहिल्यै केही सोधेको होइन । साँच्चै के सोध्न खोजेकी थिइन् कुन्नि ? तिनमा पनि कसरी जिज्ञासा पलाएछ र सोध्न खोजिन् ? कहिल्यै प्रश्न गर्ने, मनका इच्छा पोख्ने, आवश्यक रायसल्लाहा दिने गरेको एक झुल्को सम्झनासम्म मसँग छैन । बरु जहिले पनि दासीजस्तो अझ भनूँ भने यन्त्रमानवजस्ती चौबिसै घण्टा एकोहोरो काममा जोतिएकी छन्, जोतिएकी छन् एकतमासले ।

२५ आश्विन २०५४
आज धेरै दिन भयो लेख्न सकेकी छैनँ । यसबीचमा यहाँसँग प्रमोसनको कुरा सोध्न धेरै कोसिस गरिसकेँ । तर कहिल्यै सोध्न सकिनँ । आज त नसोधी नछाड्ने निश्चय गरेँ । पहिलापहिला जब सोध्छुसोध्छु भन्यो सोध्ने बेलामा आँटजति चाल्नाबाट पानी चुहेजस्तो कताकता– बाट चुहेरै सकिन्थ्यो । खाजा खान डेरामा नै आउने भएकाले उर्मिला भाउजुले ‘उहाँलाई असाभ्यै मन पर्छ ’ भनेर पठाइदिनुभएको अनदीको चाम्रे पकाएकी थिएँ । उहाँ अफिसबाट आउनुभएपछि टक्र्याएँ । मनमनै छिमेकी खर्दार बाजेको सम्पन्नताको कारण उनको त्यो खर्दारी पद नै भएको अन्तिम निष्कर्ष निकालेर लाडिएर भनेँ—“एउटा कुरा सोधूँ है ?” “सोध न ! जहिले पनि एउटा कुरा सोधूँ है, एउटा कुरा सोधूँ है भन्नुपर्छ र ? एउटा कुरा सोध्न पनि किन यति डराएकी ? सोध्ने कहिल्यै होइन, ल सोध । “मलाई डर लाग्न थालिसकेको थियो । सिधै आँखामा हेर्न सकिनँ, टाउको निहु¥याएर हाको चुरा खेलाउँदै गोडाको बुढी औँलाले भुइँ कोट्ट्याउँदै डराईडराई सोधेँ “ होइन ! यो दिव्य बाह्रवर्षे अफिसरी जागिर खाइसक्दा पनि हजुरको खर्दारमा प्रमोसन हुने बेला अझै भएन र ?” यति भनेर टाउको उठाएर उहाँलाई यसो के हेरेकी थिएँ उहाँ त किंकर्तव्यविमूढ भएर मलाई यसरी हेरिरहनुभएको थियो मानौ म विश्वको आठौँ आश्चर्य हुँ र अनायासै उहाँको अगाडि आइपुगेकी छु ।

२५ आश्विन २०५४
भावनाको आज नितान्त नौलो व्यक्तित्व देखेँ । के प्रश्न गरेकी होलिन् यस्तो ? यिनी मैले पन्ध्र वर्षदेखि बेहोर्दै आएकी तिनै भावना हुन् त ? आज मलाई बडो अचम्म लागिरहेको छ । जागिर नै नखाए पनि अफिसरकी स्वास्नी हुन । अफिसर र खर्दारबीचमा फरक नै छुट्ट्याउन नसक्ने त पक्कै पनि छैनन् र नहुनुपर्ने हो ! यो अभिव्यक्ति ! उनको स्वाभाविक अभिव्यक्ति नभएर सोह्रै आना व्यङ्ग्य हो । तर कस्लाइ ?

(श्रोत:- गरिमा, मङ्सिर २०५८ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.