~बूँद राना~
सहरमा छ चर्चा उनी आउँदैछन्
मुनाफा र घाटा गुनी आउँदैछन्।
खुला हिँड्नलाई त ह्याउ भए पो
भएभरका नाका थुनी आउँदैछन्।
कुनै जग्जगीले, कुनै बापतीझैँ
सुरक्षित ठाउँ चुनी आउँदैछन्।
‘कुनै खास जन्तु छिर्यो रे सहरमा’
रमिते खबर यो सुुनी आउँदैछन्।
सबै जाल फाटिसकेको छ किन्तु
अझै बाबियोले बुनी आउँदैछन्।
चढी शिरमाथि सगर केको हुन्थे
जति उफ्रिदैछन् मुनी आउँदैछन्।
हुनेहार बेला भएको त होला
शूली चढ्न आफैँ खुनी आउँदैछन्।
कहाँ ठाउँ दिने? किन पीर लिने?
उठीबास आफैँ चुनी आउँदैछन्।
(श्रोत:- अन्तर्जाल)