~माधव नेपाल~
एउटा प्रशिक्षणको क्रममा मधुर र गोपीको भेट भएको हो। मधुर प्रशिक्षक थियो। गोपी प्रशिक्षार्थी थिई। तीसौ जना प्रशिक्षार्थी मध्ये गोपी मधुरसँग नजिक हुन खुब कोशिस गर्थी। तथापि मधुरले खासै चासो दिएको थिएन। तीन दिने प्रशिक्षण सकियो। विदा हुने बेला मधुरले आफ्नो ब्यक्तिगत नम्बर सबैलाई टिपाइदियो। त्यसपछि गोपीको दिनचर्या मधुरलाई फोन गर्ने हुन थाल्यो। कुराकानीसँगै उनीहरुको सम्बन्ध प्रगाढ बन्यो।
यो बीचमा कयौं रात उनीहरुले सँगै बिताए। कहिले मधुर त कहिले गोपीको कोठामा उनीहरु दिनरात लठिन्थे। सुन्धारा र बागबजारको लजका ओछ्यानका तन्ना पनि धेरै पटक कच्याकुच्युक भए। दिनमा दुई पटकसम्म आपसमा भेट नभए उनीहरु एक अर्कालाई शंकाले हेर्थे। मधुरले पनि गोपीलाई श्रीमतीकै रुपमा स्वीकार गरेको थियो। गोपी पनि जीवन भर सँगै बस्न नपाए बाँच्न नसक्ने एसएमएसका अक्षरहरुबाट बताउँथी।
एक दिन मधुरको मोवाइलमा एसएमस आयो “ डियर आइएम प्रेगेनेन्ट ”।
मधुरले बडो खुसीसाथ जवाफ फर्कायो- “गुड आई वान्ट बेबी ”
तर त्यसको जवाफमा गोपीले लेखी “म यसलाई फाल्न चाहन्छु। ”
मधुर छाँगाबाट खसे झैं भयो। उसले यस्तो जवाफको कल्पना पनि गरेको थिएन। उसले मञ्जुर गरेन पनि।
तर, नारी हठका अगाडि उसको पुरुषत्वको केही जोड चलेन। पुलचोकमा रहेको आफ्नो साथीको पोलिक्लिनिकमा गएर गर्भपनको कागजमा सही छाप गरिदियो। अनि फर्कियो, एउटा वैधानिक हत्यारा झैं। उसले गोपीलाई कहिल्यै फोन नगर्ने कसम खायो।
तर, केही दिनपछि नै गोपीले भेट्ने आग्रह गरी। फेरि पुरानै क्रम दोहोरिन थाल्यो।
एक रात करिब नौ बजे गोपीको म्यासेज आयो- “ आइ निड सम मनी प्लिज सेन्ड मी फिप्टी रुपिज्। ”
मधुर केही विसन्चो भएर ओछ्यान परेको थियो। उसको मोवाइलमा ब्यालेन्स पनि थिएन। आफ्नो वास्तविकता उसले दर्शायो। तर,गोपीले उसलाई बहानाको आरोप लगाई।
भोलिपल्ट उसले मधुरको फोन उठाइन। धेरै दिनसम्म यस्तै प्रकृया चलिरह्यो। मधुर गोपीलाई भेट्न उसैकोमा गयो। तर भेट्न सकेन।
एक दिन मधुरको मोवाइलमा म्यासेज अयो “ यू आर फ्री फ्रम मि ”।
(श्रोत:-Mysansar)